संघ \संस्था

यस वर्षको प्रदेश उत्कृष्ट व्यवसाय पुरस्कार साना किसान कृषि सहकारी संस्था खुदुनावारी लाई

झापा । अर्जुनधारा नगरपालिका–३, खुदुनावारी झापा स्थित साना किसान कृषि सहकारी संस्थाले कोशी प्रदेश स्तरीय उष्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ बाट सम्मानित भएको छ । १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाण्डौंमा आयोजित विशेष समारोहमा संस्थालाई नगद २५ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको हो । राष्ट्रिय सहकारी महासंघले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार यस पटक भने साना किसान कृषि सहकारी संस्थाले पाएको साना किसान कृषि सहकारी संस्था अर्जुनधाराका अध्यक्ष कृष्ण प्रसाद दंगालले जानकारी दिनुभयो ।

दंगालका अनुसार महासंघका अध्यक्ष मिनराज कडेलको अध्यक्षतामा सम्पन्न भएको सो पुरस्कार ग्रहण कार्यक्रममा सभामुख घिमिरेले २०७९ सालमा देशका ७ वटै प्रदेशका उत्कृष्ट सहकारी संघ÷संस्था र व्यक्तिलाई नगद पुरस्कारसहित प्रमाण पत्रले सम्मान गरेको बताउनुभयो । पुरस्कार समारोहमा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दंगाल, उपाध्यक्ष नन्दलाल खनाल, लेखा संयोजक विष्णुलाल ढकाल, मुख्य प्रबन्धक गोपिकृष्ण लुइटेल, संचालक सदस्य क्रमश गोविन्द घिमिरे, दिनेश घिमिरे, विन्दा पाण्डे, डम्बर कुमारी अधिकारीको उपस्थिती रहेको थियो ।

साना किसान कृषि सहकारी संस्था सामाजिक क्षेत्रमा क्रियाशिल अर्जुनधाराको सबैभन्दा पुरानो सहकारी संस्था हो । किसानको हकहितमा आधारित रहर्दै समुदायमा समर्पित यस संस्था नेपालको उत्कृष्ट सहकारी मध्ये चिरपरिचत छ । संस्था यसअघि जिल्लाका विभिन्न विधामा पुरस्कृत भैसकेको जनाइएको छ ।