मनोरञ्जन संघ \संस्था

दशैंको अवसरमा धिमाल गाउँमा साँस्कृतिक कार्यक्रम सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित धिमाल गाउँमा नेपालीहरूको महान् चाड बडा दशैंको अवसरमा बिहिवार बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय आदर्श धिमाल समाजको आयोजनामा सम्पन्न साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार दिपक लिम्बू, कमल रसाइली, विशालदेव श्रेष्ठ, रोशा फुयाललगायले मेचीनगरबासीलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा राजेश धिमाल, शशी धिमाल, विक्रम धिमाललगायत विभिन्न डान्स सेन्टरका कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेको कार्यक्रममा मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, मेचीनगरका बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, कार्यपालिका सदस्य कविता मिजार, वडासदस्य बिष्णु भट्टराई, पुर्व महिला आदिवासी जनजाति महासंघ पुर्व केन्द्रीय उपाध्यक्ष रोश्नी मेचे, पुर्व मेचीनगर कार्यपालिका सदस्य टीका मग्रान्ती, पुर्व वडासदस्य सन्तोष मेचे, देवकोटा पार्क व्यवस्थापन समिति अध्यक्ष गणेश खरेल, समाजसेवी तथा स्वास्थ्यकर्मी राम मगरलगायतको आतिथ्य रहेको थियो ।

आयोजक आदर्श धिमाल समाजका कार्यक्रम संयोजक रमेश धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत आदर्श धिमाल समाजका संस्थापक अध्यक्ष तथा मेचीनगर कार्यपालिका सदस्य चित्र धिमालले गरेका थिए ।

कार्यक्रममा पहिलो चरणको औंपचारीक कार्यक्रम सञ्चालन धिमाल समाजका सल्लाहकार समिति संयोजक तथा मेचीनगर -८ का पुर्व वडाध्यक्ष विकेन्द्र धिमालले गरेका थिए भने, दोस्रो चरणको मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन पत्रकार युवराज आचार्यले गरेका थिए ।