मनोरञ्जन संघ \संस्था

चर्चित गायक दिपक लिम्बु भोलि मेचीनगर आउँदै

मेचीनगर । चर्चित गायक दिपक लिम्बु बिहिबार झापाको मेचीनगर आउने भएका छन् । उनी मेचीनगर ८ स्थित आदर्श धिमाल समाजले विजय दशमीको अवसरमा आयोजना गरेको बृहत् साँस्कृतिक कार्यक्रममा प्रस्तुती दिन मेचीनगर आउन लागेका हुन् ।

२०६२ सालमा नेपाल टेलिभिजनबाट प्रशारण भएको ´नेपाली तारा’ मा प्रथम भएका दीपकले ‘मेरो कल्पनामा आज एउटी परी’, ‘ढल्क्यो ढल्क्यो’, ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमीले’ जस्ता सुपरहित गीतले स्रोतालाई मोहित बनाएका छन् ।

उनी मेचीनगर आउने भएसंगै उनका शुभचिन्तकहरु उनको प्रतिक्षामा रहेका छन् ।

बिहिबार साझ मेचीनगर-८ प्रतिभा चोकमा आयोजना हुने उक्त कार्यक्रममा दिपक लिम्बुसंगै अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति रहने कार्यक्रम संयोजक रमेश धिमालले जानकारी दिए ।

साँस्कृतिक साझमा कमल रसाइली, विशालदेव श्रेष्ठ, रोशा फुयाल, राजेश धिमाललगायतले गीत गाउने छन् भने विभिन्न डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गर्नेछन् ।