खेलकुद

खेलकुदमा सक्रिय वडाध्यक्ष सुब्बा, नेपालको प्रतिनिधित्व गर्दै जापानमा

झापा  । झापा मेचीनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा २० औं वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन जापानमा छन् । 

जनताको कामसंगै खेलकुदमा सक्रिय वडाध्यक्ष सुब्बाले जापानमा आज र भोलि हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै ४० बर्ष भन्दा माथि उमेर समुहमा प्रतिष्पर्धा गर्दैछन् ।

तेक्वान्दो खेलको छैटौं डान प्राप्त सुब्बा जनप्रतिनिधिसंगै जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष समेत हुन ।  नेपालको प्रतिनिधित्व गर्दै जापान पुगेका उनले विश्वका विभिन्न देशका खेलाडीसंग प्रतिष्पर्धा गर्नेछन् ।

त्यस्तै, २५ बर्षसम्म उमेर समुहको प्रतिनिधित्व गर्दै नेपालबाट अस्मिता सुब्बा पनि उक्त प्रतियोगिता खेल्न जापान छिन् । उनी मेचीनगर १४ का वडाध्यक्ष सुब्बाकि छोरी हुन् । यस अर्थमा बाबु छोरीले नेपालको तर्फबाट २०औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्दै छन् ।