समाचार

इलाम २ उपनिर्वाचन : एमालेका उम्मेदवार सुुहाङ नेम्वाङले गरे मतदान

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ को उपनिर्वाचनको मतदान सूरु भएको छ । विहान ७ बजे सूरु भएको मतदानका लागि मतदान केन्द्रहरुमा स्थानीयहरुको बाक्लो उपस्थीति रहेको छ । उम्मेदवारले पनि बिहानै मत खसालेर आफ्नो निर्वाचन क्षेत्र दौडाहामा लाग्न थालेका छन् ।

यसैबीच नेकपा एमालेका उम्मेदवार सुुहाङ नेम्वाङले पनि महेन्द्ररत्न क्याम्पसको मतदान केन्द्र ग बाट मत हालेका छन् । उनले बिहान ७ बजेर २५ मिनेटमा मत हालेकाे निर्वाचन कार्यालयले जनाएको छ ।

इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका छन् । ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।

आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।