राजनीति

इलाम २ अपडेटः मतान्तर फराकिलो बनाउँदै एमाले उम्मेद्वार सुहाङ

इलाम । इलाम क्षेत्र नं. २ मा उपनिर्वाचनको मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । अहिलेसम्म गणना भएको १७ हजार ३७५ मतमा सुहाङले ७०३३ मत प्राप्त गर्दा काँग्रेसका डम्बर खड्काले ५१०९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै पहिचानवादीका तर्फबाट स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ३५१३ मत पाउँदा रास्वपा उम्मेद्वार मिलन लिम्बुले ११०२ मत पाएका छन् ।  अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै ७ वटा वडा र चुलाचुली गाउँपालिकाका वडा नं. १, २, ३, ४ र ५ को मतगणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम २ मा शनिवार भएको मतदानमा ६९ हजार २८७ मत खसेको थियो ।