समाचार

छोरीको हत्यापछि बाबुले गरे आत्महत्या

कैलाली, असोज ६ । कैलालीमा छोरीको हत्यापछि बाबुले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ। गौरीगङ्गा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् ।

नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर हत्या गरी आफूले पनि विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।

सुतेको कोठामा राति असामान्य आवाज सुनिएपछि ढोका खोली हेर्दा बेहोस् अवस्थामा फेला परेका कलेललाई तत्काल सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

गएको जेठ महिनामा कलेलकी श्रीमती सरिताले आफ्नै पसलमा आत्महत्या गरेकी थिइन् । श्रीमतीको आत्महत्याको घटनालाई लिएर माइती पक्षले दिएको आत्महत्या दुरुत्साहनको मुद्दापछि पक्राउ परी पूर्पक्षका लागि कारागार चलान गरिएका कलेललाई जिल्ला अदालतले साउन २२ गते निर्दोष रहेको फैसला सुनाएको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *