काठमाण्डौं, असोज ६ । संघीय संरचनापछि कर्मचारीको अभाव झेल्दै आएका स्थानीय तहका लागि केन्द्र सरकारले पठाएका कर्मचारी काम नलाग्ने भएको चर्चा समयसमयमा हुने गर्दछ । यो बीचमा सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको खुल्न आएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको जानकारी दिएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले लगानीअनुसार परिणाम नभएका कारण निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको स्पष्ट पारे । मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको बताए । निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुप भएको बताए ।