झापा, असोज ६ । मेचीनगर नगरपालिका वार्ड नम्बर ९ को वडा कार्यालय अब नयाँ भवनमा सञ्चालन हुने भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बिमल आचार्यले एक कार्यक्रमका बिच उक्त भवनको उद्घाटन गरेका छन् ।
वार्ड कार्यालय भवन निर्माणका लागि ६८ लाख ६५ हजार एक सय ४५ रुपैयामा ठेक्का लागेको छ । सभा हल सहित ९ कोठाको एक तले भवन बन्ने र आगामी चैत मसान्तमा निर्माण सम्पन्न भईसक्ने गरी ठेक्का लगाइएको मेचीनगर ९ का वडा अध्यक्ष गोपाल खड्काले बताए ।
अहिले वडा कार्यालय सञ्चालन भएकै भवनको पछाडी पट्टी नयाँ भवन बनाउन शुरु गरिएको र नयाँ भवनमा कार्यालय सञ्चालन भए पछि वडाबासीको काम सहज रुपमा गर्न सकिने वडा अध्यक्ष खड्काले बताए ।