काठमाण्डौं, कात्तिक १३ । बलिउड तथा तामिल र तेलुगु फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवाल वैवाहिक जिवनमा जोडीने भएकी छिन । ३४ बर्षिय काजलको विवाहको खबर सुने पछि वनको शुभचिन्तक खुशि भएका छन् ।
सन् २००४ मा बलिउड फिल्म बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा जमिन् ।
हालसम्मकै सर्वाधिक कमाइ गर्ने तमिल फिल्म मगधीराकी नायिका काजल पछिल्लो पटक बलिउडमा सिंघम र स्पेशल २६ मार्फत देखिएकी थिइन् ।
सुन्दर अभिनेत्रीको रुपमा समेत चिनिने काजलले हालै आफू बिहेका लागि तयारीमा रहेको बताएकी छन् ।
एक कार्यक्रममा बोल्ने उनले बिहेको प्रस्ताव स्वीकरिसकेको र छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गरेकी छिन् ।

