झापा, पुष १२ । नेपाल जसिजको आयोजनामा सम्पन्न राष्ट्रिय बतृत्वकला प्रतियोगितामा झापा बाहुनडाँगी जेसिजका महासचिव देबु बानियाले प्रथम स्थान हासिल गर्नु भएको छ ।
चितवनको रत्ननगरमा सम्पन्न ४६ औं राष्ट्रिय अधिवेशन संगै प्रतियोगिता सम्पन्न भएको थियो । देश भरिका बिभिन्न ४ वटा एरियाबाट प्रतिनिधित्व गर्दै फाइनल चरणमा आएका प्रतिस्पर्धीहरुलाई पाखा लगाउदै झापाका बानियाले उपाधी हात पार्नु भएको हो । उपाधी संगै बानियाले गोल्डमेडल प्राप्त गर्नु भएको छ ।
यस अघि भदौमा झापामा सम्पन्न एरिया नं १ को प्रतिस्पर्धामा बानियाले ३९ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै राष्ट्रिय स्पर्धामा आफ्नो स्थान सुरक्षित गर्नु भएको थियो ।
कार्यक्रममा प्रथम स्थान हासिल गरेका बानियालाई ४६ औं अधिवेशन मार्फत निर्वाचित भएका जेसिजका अध्यक्ष अशोक शंखरले सुनको मेडल तथा प्रमाण–पत्र प्रदान गर्नु भएको थियो ।

