स्वास्थ्य

गृहलक्ष्मीको रक्तदान अाज

झापा, फागुन १० । मेचीनगर–९, धुलाबारी सिरानमा केन्द्रीय कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शनिवार विहान ११ बजेदेखि विर्तामोड स्थित माता मन्दिर परिसर मुक्ती चोकमा एक दिवशीय रक्तदान कार्यक्रम अायोजना गरेको छ ।

संस्थाले आफ्नो ११ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम अायोजना गरेको सहकारीका व्यवस्थापक सरोज मेहराले बताए । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रेडक्रस सोसाइटी विर्तामोड शाखाको रहेको व्यवस्थापक मेहराले बताए ।

संस्थाले वार्षिक उत्सवको अवसर पारेर गत बुधवार मेचीनगर -१ स्थित गाडागल्ली सेवा केन्द्रमा धुलाबारीको हलेसी मेडिकल हलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न गरीसकेको छ ।

Leave a Reply

Your email address will not be published.