झापा, चैत ४ । झापाको बिर्तामोडस्थित अदुवा खोलामा एक शिशुको शव फेला परेको छ । सुर्योदय टोल नजिकै खोलामा अन्दाजी ५/६ महिनाको एक शिशुको शव फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
स्थानीयले खोलामा शिशुको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । कसैले शिशुलाई जन्म नदिई गर्भपतन गरेर फालेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

