अर्थ

सहारा नेपालद्वारा बाह्रदर्शी गाँउपालिका राहत कोषलाई ६१ हजार सहयोग

झापा, बैशाख ३ । झापाको सहारा नेपाल बचत ऋण सहकारी संस्थाले कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण लकडाउन जारी गरिएपछि समस्यामा रहेका नागरिकको सहयोगका लागि स्थानिय सरकारले खडा गरेको आपत कालिन कोरोना रोकथाम तथा विपत राहत कोषलाई सहयोग गरिरहेको छ ।

यसै बिच बाह्रदर्शी गाँउपालिकाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाले सहयोग गरेको छ । संस्थाको राजगढ सेवा केन्द्रले गाँउपालिको राहत कोषमा ६१ हजार सहयोग गरेको हो ।

बुधवार गाँउपालिका कार्यालयमा सहारा नेपालका सञ्चालक समिति सदस्य शुक्र बहादुर तामाङले बाह्रदर्शी गाँउपालिका अध्यक्ष खड्ग प्रसाद राजवंशीलाई सो रकम बराबरको चेक हस्ताणतरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रमा साहारा नेपालका बरिष्ठ प्रबन्धक राम नारायण प्रधान, राजगढ सेवा केन्द्र प्रमुख एकदेव कट्टेल, सहयोग समिति संयोजक मोहन विक्रम ओलीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.