विराटनगर, बैशाख ४ । प्रदेश १ मा विहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी ८ सय २५ जनाको रिर्पोट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसिआर बाट Read More…
Day: April 16, 2020
मेची बस व्यवसायी प्रालिद्वारा मेचीनगर राहत कोषमा १ लाख सहयोग
झापा, बैशाख ४ । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ । यसै बिच मेचीनगर ६ स्थित काँकरभिट्टामा प्रधान कार्यालय रहेको मेची बस व्यवसायी प्रालिले पनि नगद १ लाख सहयोग गरेको छ । प्रालिको तर्फबाट Read More…
सर्वोच्चको अन्तरिम आदेश- ‘विदेशमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउनू’
काठमाडौं, बैशाख ४ । कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा रहेका नागरिकहरुलाई नेपाल फर्काउन तत्काल व्यवस्था गर्नको लागि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो। यतिबेला विश्वको सबै देशमा कोरोनाको असर देखिएको छ । विश्वभर यो समाचार तयार पार्दासम्म १ लाख ३५ हजार Read More…
हल्दिवारीका युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि
झापा, बैशाख ४ । झापाको हल्दिवारीमा कोरोना संक्रमणको शंका गरिएका एक युवकको रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको परीक्षणमा उनको एन्टिबडी पोजेटिभ देखिए पनि पिसिआर प्रविधिमा भने नेगेटिभ देखिएको हो । बुधबार हल्दिबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको थियो । युवकको स्वाब परीक्षणका लागि Read More…
घरमा आमा बितिन्, किरिया महाकालीपारि
दार्चुला, बैशाख ४ । मङ्गलवार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बसेका छन् । बैसठ्ठी वर्षीया आमा गौमतीको घरमा निधन हुँदा पनि उनले भारतीय क्वारेन्टाइनबाट नेपाल आफ्नो जन्मभूमि घर आउन नपाउँदा कालीपारि कै क्वारेन्टाइनमा किरिया बस्नुपरेको हो । तीन महिनाअघि भारतमा मजदूरी गर्न गएका भट्ट लकडाउनपछि Read More…
कोरोना भाईरस: मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघ्यो
काठमाडौं, बैशाख ४ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ३४ हजार ५६० जनाको मृत्यु भइसकेको छ । विश्वमा २१० देशमा पुगेको कोरोना भाइरसबाट २० लाख ८२ हजार ३७२ जना संक्रमित भएका छन् । जसमध्ये ५ लाख १० हजार ४६ जना उपचारपछि घर फर्किएका छन् । Read More…





