झापा, बैशाख ४ । झापाको हल्दिवारीमा कोरोना संक्रमणको शंका गरिएका एक युवकको रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको परीक्षणमा उनको एन्टिबडी पोजेटिभ देखिए पनि पिसिआर प्रविधिमा भने नेगेटिभ देखिएको हो ।

बुधबार हल्दिबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको थियो । युवकको स्वाब परीक्षणका लागि बुधबार साँझ नै कोशी अञ्चल अस्पताल विराटनगर पठाइएकोमा त्यहाँ भएको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।
उनले आरडीटी पोजिटभ देखिएका युवकसहित झापाबाट पठाइएका २१ जनाको थ्रोट स्वाब परीक्षणबाट पिसिआर रिपोर्ट नेगेटिभ आएको समेत बताए । बैदेशिक रोजगारी क्रममा दुबई गएका उनी एक महिनाअघि झापा फर्किएर होम क्वारेन्टाइनमा थिए ।

