मेचीनगर, असार २५ । मेचीनगरको आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्व २० करोड ६७ लाख रुपैयाँको बजेट आएको छ । विहीबार छैठौँ नगरसभामा मेचीनगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले नीति तथा कार्यक्रमसहितको उक्त बजेट प्रस्तुत गरेकी हुन् ।


बुधबार नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा शुरु भएको नगरसभाको प्रमुख आतिथ्यता प्रदेश नम्बर १ का सभा सदस्य श्रीप्रसाद मैनालीले गरेका थिए । उपप्रमुख उप्रेतीले नगरसभामा निती तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नगरसभामा आर्थिक समितिका ंसंयोजक सुदय पनेरु, विधायन समितिकी संयोजक कुसुम चौधरी, सामाजिक सेवा विकास समितिकी संयोजक विन्द्रा प्रसाई, पूर्वाधार विकास समितिका संयोजक कृष्ण कनाल, वन तथा वातावरण समितिका संयोजक टिकाराम मंग्रातीले, सामाजिक विकास समितिका संयोजक नविन बराल, न्यायिक समितिका सदस्य छठबहादुर राई, राजश्व परामर्श समितिका सदस्य सचिव चक्रपाणि खनालले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विहीबार नगरसभाको सभापतित्व नगरप्रमुख विमल आचार्यले गरेका थिए । कार्यक्रको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङले गरेका थिए ।

