काठमाडौँ, साउन १। इटालियन सिरी ‘ए’मा बुधबार राति भएको खेलमा लिग लिडर युभेन्टस सासुलो सँग बराबरीमा रोकिएको छ ।
सासुलोको मैदानमा भएको खेलमा युभेन्टसले सुरुआती अग्रता बनाएको थियो । खेलको ५ औँ मिनेटमा डेनिलोले गोल गर्दै युभेन्टसलाइै अग्रता दिलाएका थिए । त्यस्तै खेलको १२ औं मिनेटमा गोन्जालो हिगुइनले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।

२९औं मिनेटमा घरेलु टोलीका फिलिप डुरिसिसले गोल गरेपछि पहिलो हाफ २–१ को अवस्थामा सकियो । खेलको ५१औं मिनेटमा सासुलोका डोमेनि बरार्डीले गोल गर्दै घरेलु टोलीलाई २–२ गोलको बराबरीमा फर्काए । त्यसको ३ मिनेट नबित्दै फ्रान्सेस्को कापुटोले गोल गरेपछि सासुलोले खेलमा ३–२ अग्रता बनाएको थियो । ६४औं मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दै युभेन्टसलाई ३–३ को बराबरीमा फर्काए ।
त्यसपछिको समय दुवै टिमबाट गोल हुन नसक्दा खेल ३–३ गोलको बराबरीमा सकियो र, दुवै टोलीले बराबरी अंक बाँडे । बरारबीसँगै लिग लिडर युभेन्टसले ७७ अंक बनयो भने आठौं स्थानको सासुलोले ४७ अंक बनायो ।एजेन्सी


