स्वास्थ्य

इलाममा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि

नरेन इलामेलीइलाम, साउन १ । इलाममा बिहिबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । बिहीबार संक्रमण पुष्टि भएका सबै इलाम नगरपालिकाका रहेका छन् । इलाम नगरपालिका ८ का एक जना, इलाम नगरपालिका १० का तीन जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको इलाम स्वास्थ्य कार्यालयका कोरोना फोकल Read More…

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थपिए १६७ जना काेराेना संक्रमित

काठमाडौं, साउन १ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियािमत पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा चार हजार ९ सय ४१ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १ सय ६७ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा Read More…

खेलकुद

रियल मड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक, आजको खेलबाट उपाधिको छिनोफानो हुनसक्ने सम्भावना ।

बिकास घिमिरे काठमाडौँ, साउन १ । स्पेनिस ला लिगाको उपाधि आजै छिनोफानो हुनसक्ने सम्भावना छ । आज उपाधिभन्दा एक कदम पछि रहेको रियल मड्रिडले भिल्लारियलसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेल आफ्नो प्रशिक्षण मैदान इस्टेडियो अल्फ्रेडो डी स्टेफानोमा रियलले भिल्लारियलसँग प्रतिस्पर्धा गर्न लागेको हो ।उक्त खेलमा जित निकालेमा रियलले Read More…

खेलकुद

कतार विश्वकप फुटबलको मिति सार्वजनिक, नोभेम्बर २१ बाट सुरु हुने

काठमाडौं, साउन १ । कतारमा हुने विश्वकप फुटबल २०२२ को मिति सार्वजनिक गरिएको छ । फिफा विश्वकप कतारले बुधबार खेल तालिका सार्वजनिक गर्दै २१ नोभेम्बरबाट विश्वकप सुरु हुने जनाएको छ । कतार विश्वकपको उद्घाटन २१ नोभेम्बरमा अल बायत रंगशालमा हुनेछ । यो रंगशालाको दर्शक क्षमता ६० हजार रहेको छ । यसैगरी विश्वकपको फाइनल खेल ८० Read More…

खेलकुद

सिरी ‘ए’ मा लिग लिडर युभेन्टस सासुलोसगँ बराबरीमा रोकियो

काठमाडौँ, साउन १। इटालियन सिरी ‘ए’मा बुधबार राति भएको खेलमा लिग लिडर युभेन्टस सासुलो सँग बराबरीमा रोकिएको छ । सासुलोको मैदानमा भएको खेलमा युभेन्टसले सुरुआती अग्रता बनाएको थियो । खेलको ५ औँ मिनेटमा डेनिलोले गोल गर्दै युभेन्टसलाइै अग्रता दिलाएका थिए । त्यस्तै खेलको १२ औं मिनेटमा गोन्जालो हिगुइनले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । Read More…

शिक्षा

आजदेखि अनलाइन कक्षा बन्द

काठमाडौं, साउन १ । निजी विद्यालयले आजबाट अनलाइन कक्षा बन्द गरेका छन्। निजी विद्यालय सञ्चालकहरुको संगठन प्याब्सन र एनप्याब्सनले गरेको निर्णयअनुसार अनलाइन कक्षा बन्द गरेका हुन्। अनलाइन कक्षा नहुने एसएमएस हिजो नै अभिभावकको मोबाइलमा आइसकेको छ। त्यसैगरी विद्यालयका शिक्षक तथा कर्मचारीलाई बेतलवी घर बिदा दिने निर्णयसमेत निजी विद्यालयले गरेका छन्। अनलाइन कक्षा चलाएबापत शुल्क उठाउन Read More…

कला

आज साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं, साउन १ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । Read More…