खेलकुद

रियल मड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक, आजको खेलबाट उपाधिको छिनोफानो हुनसक्ने सम्भावना ।

बिकास घिमिरे

काठमाडौँ, साउन १ । स्पेनिस ला लिगाको उपाधि आजै छिनोफानो हुनसक्ने सम्भावना छ । आज उपाधिभन्दा एक कदम पछि रहेको रियल मड्रिडले भिल्लारियलसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेल आफ्नो प्रशिक्षण मैदान इस्टेडियो अल्फ्रेडो डी स्टेफानोमा रियलले भिल्लारियलसँग प्रतिस्पर्धा गर्न लागेको हो ।उक्त खेलमा जित निकालेमा रियलले उपाधि आफ्नो बनाउनेछ । रियललाई उपाधिका लागि मात्र २ अंकको आवश्यक छ । शीर्ष स्थानको रियलसँग ८३ अंक रहेको छ भने उसले साविकको विजेता बार्सिलोनाभन्दा चार अंकको अग्रता बनाएको छ, समान खेल खेलेको बार्सिलोनासँग ७९ अंक रहेको छ ।

त्यस्तै रियलको प्रतिद्वन्द्वी भिल्लारियल भने ५७ अंकका साथ पाँचौं स्थानमा छ । भिल्लारियलमाथि जित निकाल्न नसके रियलले अन्तिम खेलमा १८औं स्थानको लेगानेसविरुद्ध जित निकाल्दै रियलले उपाधि जित्नेछ त्यो नि न भए अन्त्यसम्ममा रियल र बार्सिलोनाको अंक बराबरी भएको खण्डमा रियलले हेड टू हेडका आधारमा बार्सालाई पछि पार्दै उपाधि जित्नेछ ।

बार्सिलोना सेभिल्ला, सेल्टा भिगो र एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएपछि उपाधि होडमा कमजोर बन्न पुगेको हो । अब बार्सिलोनाले ११औं स्थानको ओसासुना र १७औं स्थानको अलाभेससँग खेल्न बाँकी छ । कोरोना महामारीपछि सुचारु ला लिगाका पछिल्ला नौ खेलमध्ये रियलले सबै खेलमा जित निकालेको छ । यता, बार्सिलोनाले भने नौमध्ये छ खेलमा जित र ३ खेलमा बराबरी खेलेको छ ।

रियल सन् २०१६–१७ को सिजनपछि पहिलोपटक उपाधि नजिक पुगेको हो ।
यो महत्त्वपूर्ण खेलमा जित निकाल्नका लागि रियलले बलियो टोली मैदान उतार्नेछ । आजको खेलबाट लुका जोभिक मैदान फर्किँदैछन् । कोरोना भाइरसको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै सर्बियन स्टार जोभिक रियल मड्रिडको टोलीमा फर्किएका हुन् । त्यस्तै जोभिकबाहके इडेन हाजार्ड, करिम बेन्जमा, भिनिसियस जुनियर रोड्रिगो, लुकास भास्क्वेज, ग्यारेथ बेल, मार्को एसेन्सियो, सर्जियो रामोस, फर्लान्ड मेन्डी, नाचो, इस्को, लुका मोड्रिक, टोनी क्रुस, क्यासेमिरोलगायत प्रारम्भिक टोलीमा छन् ।एजेन्सी

Leave a Reply

Your email address will not be published.