संघ \संस्था

लमही जेसीजको नेतृत्व दुलमदास चौधरीलाई

बाहुण्डाँगी, २२ मंसिर । लमही जेसीज २०२१ को अध्यक्षमा दुलमदास चौधरी सर्वसम्वत निर्वाचित हुनु भएको छ ।
सोमवार भएको शाखा अधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाका कार्यकारिणी उपाध्यक्षमा मुकेश चौधरी , फणाधर शर्मा ढकाल तथा उपाध्यक्षमा कबिराज पोख्रेल , अशेस न्यौपाने, मनोज केसी, टीका बहादुर केसी र सचीवमा रामदिन चौधरी निर्वाचित भएका शाखाका निर्वाचन आयुक्त तथा निवर्तमान अध्यक्ष शिवशंकर गुप्ताले बताउनु भयो । उत्कृष्ट रुपमा वर्ष २०२० सम्पन्न भएको यो शाखा दाङको लमहीमा अवस्थित छ । शाखा अधिवेशन शाखाकी अध्यक्ष सपना पाण्डे पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो ।