बाहुण्डाँगी, मंसिर २५ । ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि थालिएको आर्थिक संकलन अभियानमा रेडियन्ट मन्टेश्वरी ईंगलिस स्कुल९आरएमई० टीकापुरले २५ हजार रुपैया सहयोग गरेका छन् ।
आरएमई स्कुलका संस्थापक प्रिन्सिपल तेजराज खनालले टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जारी अभियानबाट प्रभावित भएर विद्यालयका तर्फबाट सहयोग गरेको बताए ।

टीकापुर क्षेत्रमा शव बाहन नहुदा शवको व्यवस्थापनमा भईरहेको असुबिधालाई मध्यनजर गर्दै ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहद्धारा शव बाहन खरीदका लागि थालिएको अभियानमा स्वतःस्र्फूत ढंगले देश विदेशबाट सहयोग भएको छ ।
टीकापुर सरोकार समूहसंगको सहकार्यमा ह्युमानिटी फाउण्डेसन नेपालले दुई लाख रुपैया जम्मा गरेर शव बाहन खरीदका लागि थालिएको अभियान शव बाहनका लागि आवश्यक २५ लाख रुपैया जम्मा भईसकेका कारण आज समापन गरिएको छ ।
ह्युमानिटी फाउण्डेसन नेपालका संस्थापक सदस्य दीर्घराज उपाध्यायले शव बाहन खरीदका लागि आर्थिक संकलन अभियानमा सहयोग गरेकोमा आरएमई स्कुल परिवार प्रति आभार व्यक्त गरे । विद्यालयका अध्यक्ष टेकराज रेग्मीले पुण्य कार्यमा विद्यालयले सहयोग गर्न पाएकोमा खुसीको अनुभूति भएको बताउनु भयो ।
उनले शव बाहन खरीदका लागि देश विदेशबाट बिभिन्न पेशा र व्यवसायमा संलग्न मनकारी व्यक्तिहरुबाट प्राप्त सहयोगले डेढ सातामा शव बाहन खरीदका लागि आवश्यक रकम जुटेको बताए ।
उनले सहयोग गर्ने सम्पूर्ण मनकारी व्यक्तिहरु प्रति आभार व्यक्त गरे ।

