चिनारी

सुबास पोखरेलको नेपाल जेसीजमा राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी

चितवन, २५ मंसिर । रत्ननगर जेसीजका निवर्तमान अध्यक्ष सुबास पोखरेल नेपाल जेसीजका लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ ।
भलबारी जेसीजको आतिथ्यतामा यहि पुस १ गतेदेखि ४ गतेसम्म हुन लागेको महाधिवेशनका लागि रत्ननगरले शाखाबाट पोखरेललाई राष्ट्रिय उपाध्यक्षको उम्मेदवारी तय गरेको हो ।

४६ औँ राष्टि महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मायाको चिनो हस्तान्तरण गर्दै शाखा अध्यक्ष पोखरेल, राष्टिय अध्यक्ष महेश पौडेल, निर्देशक पुष्पराजजोशी


२०१९ को ४६ औँ राष्टिय महाधिवेशन गरेको रत्ननगर जेसीजले महाधिवेशन २०२१ का लागि उपाध्यक्ष पदको उम्मेदवारी तय गरेको हो । उत्कृष्ट रुपमा सम्पन्न भएको उक्त महाधिवेशनको शाखा अध्यक्ष पोखरेल रहनु भएको थियो ।

४६ औँ राष्टि महाधिवेशनको उद्घाटन समारोहमा प्रथम महिलासँग तत्कालिन शाखा अध्यक्ष पोखरेल


बोलीमा भन्दा काममा विश्वास गर्ने पोखरेल पेशाले स्वास्थ्यकर्मी हुनुहुन्छ । रत्ननगर पोलिक्लिनका सञ्चालक पोखरेल सालिन, सरल र कामप्रति विश्वास राख्नु हुन्छ । करिब २५ सय सहभागि गराएको उक्त महाधिवेशनमा पोखरेलको भुमिकालाई अहिले पनि उत्तिकै प्रशंसा गरिदै आएको छ । ‘गत वर्ष महाधिवेशनलाई कसरी सफल बनाउने भन्ने मात्र ध्यान थियो’ निवर्तमान अध्यक्ष पोखरेलले भन्नु भयो–‘त्यो बेला उम्मेदवारी भन्दा पनि महाधिवेशन सफल बनाउनु मुख्य दायित्व भएकाले यस वर्षका लागि उम्मेदवारी दिएको हुँ । आशा छ तपाईहरुले उक्त्त कामको मुल्यांकनका आधारमा मलाई विश्वासका साथ मत दिनुहुनेछ ।’


नेपाल जेसीजबाट २०१९ को वर्ष उत्कृष्ट शाखा अध्यक्षको अवार्ड प्राप्त गर्नु भएका पोखरेल नेपाल जेसीजका लागि २०२० मा नेश्नल गभरमेन्ट पाट्नरसिप कमिटिको जिम्मेवारी बहन गर्नु भएको थियो ।
सबैसँग सरल स्वभाव राख्ने पोखरेलले आफुले जेसीज अभियानमा सिकेका कुराहरुलाई नेपाल जेसीजसम्म लैजानका लागि र जेसीजको बृत्तिविकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।