झापा, पुस ५ । प्रधानमन्त्री केपीशर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति बिध्यादेवी भण्डारीले संघीय संसद विघटन गरेको भन्दै प्रधानमन्त्रीको गृह जिल्ला झापामा बिरोध प्रदर्शन गरिएको छ ।
ओलीको गृहजिल्ला झापामा नेकपाका कार्यकर्ता, अनेरास्ववियू र राष्ट्रिय युवा संघ झापाले प्रर्दशन गरेको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै नेता तथा कार्याकर्ताहरुले आइतबार बिर्तामोडमा प्रधानमन्त्री र राष्ट्रपतिको यो कदमको विरोध गरेका हुन् ।

प्रदर्शनकारीहरुले राष्ट्रपतिको कदम ’असंवैधानिक’, ’सर्वसत्तावादी’, ’राष्ट्रघाती संसद विघटन तत्काल फिर्ता गर’ जस्ता बिभिन्न प्लेकाड बोकेका थिए । बिर्तामोडमा विरोधमा उत्रिएका कार्यकर्ताले संविधान विरोधी कदम भन्दै आक्रोश ब्यक्त गरेका छन् ।





