संघ \संस्था

२०२१ को एरिया सी कन्फ्रेन्स शाखाको अध्यक्षमा जीवन कार्की

बाहुण्डाँगी, १५ पुस । रामेछाप जेसिजका लागि २०२१ को अध्यक्षमा जीवन बहादुर कार्की निर्वाचित भएका हुनु भएको छ । रामेछापको मन्थलीमा सम्पन्न शाखाको छैठौं वार्षिक सभाले कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

शाखाको कार्यकारिणी उपाध्यक्षमा सरस्वती राय र प्रज्वल बुढाथोकी, उपाध्यक्षमा धिरज खत्री, कुमार श्रेष्ठ, सन्तोष कुमार भट्टराई र संगिता श्रेष्ठ सर्वसम्वत निर्वाचित भएका निर्वाचन अधिकृत तथा वर्ष २०१७ का अध्यक्ष प्रदिपकुमार बस्नेतले जानकारी दिनुभयो । त्यस्तै विधान अनुसार नवनिर्वाचित अध्यक्ष कार्कीले महासचिवमा सन्तोष खत्री, कानुनी सल्लाहकारमा रामहरी सापकोटालाई मनोनित गर्नु भएको शाखाका निवर्तमान अध्यक्ष राजकुमार केसीले जानकारी दिनु भयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष जनक लामा, पुर्व अध्यक्ष भिमसेन बस्नेत, प्रदिप कुमार बस्नेत, गुणराज भट्टराई (आकाश) को उपस्थिती थियो ।
कार्यक्रमको उद्घाटन मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख गुञ्जबहादुर श्रेष्ठले गर्नु भएको थियो भने अध्यक्ष वर्ष २०२० का अध्यक्ष गोपाल खड्काले गरेका थिए ।

रामेछाप जेसिजले विभिन्न समाजिक कार्यहरु गर्दै आएको छ । वर्ष २०२१ को क्षेत्र ग सम्मेलन मन्थलीमा हुँदैछ भने रामेछाप जेसिजले आतिथ्यता गर्दैछ ।