खेलकुद

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपको उपाधि नेपाललाई

झापा । बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय विजी कराते च्याम्पियनसिप २०२२ को उपाधि नेपालले जितेको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका र मलेशियागरी सातवटा देशको सहभागितामा रहेको प्रतियोगितामा नेपाल प्रथम बनेको छ ।

गत डिसेम्वर २७ देखि २९ तारिखसम्म बंगलादेशमा आयोजना भएको अन्तर्राष्ट्रिय विजी कराते च्याम्पियनसिप २०२२ का लागि नेपालबाट करातेका रेफ्री बमबहादुर श्रेष्ठको कमाण्डमा अफिसियलसहित १८ सदस्यीय नेपाली टोली बंगलादेश प्रस्थान गरेको थियो । नेपाली टोलीबाट प्रतियोगिताका लागि टिम कोच विनोद शाक्य गुभाजु, टिम म्यानेजर अविशा शाक्य,अफिसियलहरू कुवेरमान राई, बाबुराम श्रेष्ठलतथा खेलाडीहरूमा प्रमोद राई,अनिल पाण्डे, धनकुमार राई, आर्या शाक्य,विकाश केसी, नुदन साम्पाङ्ग राई, अशेष मगर, कर्ण जेन्जिङ शेर्पा,कर्साङ तामाङ, नवीन पुन मगर, प्रकाश ओली, विवेक गुरूङ र दिपक खड्का बंगलादेश गएका थिए ।

प्रतियोगितामा च्याम्पियन बनेसंगै नेपालले नगदसहित ट्रफी प्राप्त गरेको छ।