स्वास्थ्य

मेचीनगर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाको आयोजनामा समुदायमा क्षयरोग विरुद्धको अभियान अन्तर्गत क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न गरेको हो ।

आज मेचीनगर १५ स्थित स्वास्थ्य चौकीमा सञ्चालन भएको क्षयरोगको जोखिम तथा संवाभित समुहमा शिघ्र निदानका लागि आयोजित शिविरमा ९३ जनाले स्वास्थ्य परिक्षण गरेका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, मेचीनगर १५ स्थित ज्यामिरगढी स्वास्थ्य चौकीका प्रमुख प्रदिप गुप्तालगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै आज नै महिलाहरुको आङ्ग खस्ने तथा पाठेघरको मुखको क्यान्सर पूर्व परिक्षण सम्बन्धित स्क्रिनिङ्ग तथा निःशुल्क स्वास्थ्य शिविर समेतको आयोजना गरिएको थियो । शिविरमा नगरका महिलाहरुले स्वास्थ्य परिक्षण गरेको आयोजक मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ ।