झापा, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुलाई सरकारमा सहभागी भएर निर्वाचनमा लाग्न आग्रह गरेका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।
निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न उनले आग्रह गरे ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफू लागिपरेको बताउदै सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने जिकिर गरे ।

