मेचीनगर, जेठ १४ । मेचीनगरका दुई जना पुरुषको आज कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मेचीनगर–१३ स्थित तेलीबारीका ४२ वर्षीय पुरुषको आज विहान ७ वजे बिर्तामोड स्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए ।
उनको उपचारकै क्रममा मृत्यु भएको जनाईएको छ । उनको अहिले सुरुङ्गा स्थित माईखोलामा दाहसंस्कार भईरहेको छ ।
त्यस्तै मेचीनगर–१० का ३९ वर्षीय पुरुषको दमक स्थित लाइफ लाइनबाट घर ल्याउदै गर्दा आज दिउसो १ वजे बाटैमा मृत्यु भएको उनले जानकारी दिए ।
उनको दिउसो स्थानीय खोलामा नेपाली सेनाले दाहसंस्कार गर्ने तयारी भईरहेको छ ।
योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

