समाचार

दलहरुलाई सरकारमा सहभागी भइ निर्वाचनमा लाग्न प्रधानमन्त्री ओलीले आग्रह

झापा, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुलाई सरकारमा सहभागी भएर निर्वाचनमा लाग्न आग्रह गरेका छन् ।शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न उनले आग्रह गरे । प्रधानमन्त्री Read More…

स्वास्थ्य

मेचीनगरमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

मेचीनगर, जेठ १४ । मेचीनगरका दुई जना पुरुषको आज कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर–१३ स्थित तेलीबारीका ४२ वर्षीय पुरुषको आज विहान ७ वजे बिर्तामोड स्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए । उनको उपचारकै क्रममा मृत्यु भएको जनाईएको छ । उनको अहिले सुरुङ्गा स्थित माईखोलामा दाहसंस्कार भईरहेको छ । Read More…

समाचार

आज प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्ने सूर्य थापाले जानकारी दिए। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्ने हुन्छ। तर गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्‍याउने तयारी भइरहेको छ।

विविध

वेगसहित हावाहुरीको सम्भावना, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

झापा, जेठ १४ । बङ्गालको खाडीमा विकास भएको ’यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार चक्रवात भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका Read More…