झापा । प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि विभागिय टोली त्रिभुवन आर्मी क्लब काठमाडौंले जितेको छ । मेची रंगशालामा आज भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्बललाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि चुमेको हो । उपाधि रक्षा गरेसंगै आर्मीले नगद १३ लाख पाएको छ । यता मछिन्द्र क्बलले Read More…
Month: February 2023
भद्रपुर झापा गोल्डकप : उपाधिका लागि आज मछिन्द्र र त्रिभुवन अर्मी बीच भिडन्त
झापा । प्रथम भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज दुई शसक्त टिम ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब र विभागिय टोली त्रिभुवन आर्मी क्लब बिच प्रतिष्पर्धा हुँदैछ । भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी प्रतियोगिता अन्तर्गत पहिलो संस्करणको उपाधि आफ्नो कब्जामा पार्न यी दुई टिम बिच फाइनल खेल आज दिउँसो साढे २ बजे हुन लागेको Read More…
बुढासुब्बा गोल्डकप : पुलिसलाई पराजित गर्दै काँकडभिट्टटा सेमिफाइनलमा
धरान । धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लब २३औँ संस्करणबाट बाहिरिएको छ । धरान रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा पुलिस क्लब काँकरभिट्टटा फुटबल ट्रेनिङ सेन्टरसित २–० गोलअन्तरले पराजित भएको हो । काँकरभिट्टटाका लागि पहिलो हाफको २०औँ मिनेटमा तथा दोस्रो हाफको ८१औँ मिनेटमा निशान लिम्बूले गोल गरेका थिए । खेलको Read More…
एक वर्षमा जेलमुक्त भए अभिनेता पल शाह
काठमाडौं । तनहुँको दमौलीस्थित जिल्ला कारागारमा एक वर्षदेखि जेल जीवन विताइरहेका अभिनेता पल शाह रिहा भएका छन् । आइतबार उच्च अदालत पोखराले शाहविरुद्ध नाबालिग बलात्कार अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएपछि उनी सोमबार सम्पूर्ण प्रक्रिया पूरा गरेर कारागारबाट रिहा भएका हुन् । उनलाई साथीभाई तथा आफन्तले फूलमाला, खादा, अविर लगाएर स्वागत गरेका छन् । गत Read More…
पल शाहलाई उच्च अदालतले दियो सफाइ, सोमबार रिहा हुने
काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई उच्च अदालत पोखराले सफाइ दिएको छ । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले सफाइ दिएको हो । सोमबार पल शाह रिहा हुने जनाइएको छ ।
मेचीनगरबाट सुरु भयो ‘मेचीनगर अनलाइन’
धुलाबारी । युवा पत्रकार अर्जुन कार्कीको सम्पादकत्वमा मेचीनगर अनलाइनको प्रकाशन प्रारम्भ भएको छ । मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आज एक समारोहबीच मेचीनगर अनलाइनको विधिवत् उद्घाटन गरेका छन् । मेची उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख बुढाथोकीले ल्यापटपमा क्लिक गरेर अनलाइनको उद्घाटन गरे । बिगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार कार्की यसअघि लोकतन्त्र पोस्ट, जनसंसद् Read More…
भद्रपुर झापा गोल्डकप : एपीएपलाई पराजित गर्दै मछिन्द्र क्लब फाइनलमा
झापा । ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब झापाको भद्रपुरमा जारी प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा एपीएफ क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र क्बलले अन्तिम दुईमा स्थान बनाएको हो । अब उपाधिका लागि मछिन्द्रले मंगलबार त्रिभुवन आर्मीसंग खेल्नुपर्ने छ Read More…
नारायणगढ लेडी जेसीजद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
बाहुण्डाँगी । माडीको बघौडा अस्पतालमा गरिएको स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा १५० जनाले स्वास्थ्य सेवा लिएका छन् । नारायणगढ लेडी जेसिज र शिशु फर्टिलिटी क्लिनिक चौबिसकोठी भरतपुरको संयुक्त आयोजनामा शनिबार अस्पताल परिसरमा सम्पन्न शिविरमा महिलाहरूले भिडियो एक्स-रेको माध्यमबाट पाठेघर चेकजाँच सहितको स्वास्थ्य सेवा लिएका हुन् । शिविरमा निसन्तान सम्बन्धि डाक्टर परामर्श पनि दिइएको कार्यक्रम संयोजक Read More…
भद्रपुर झापा गोल्डकप : आज मछिन्द्र र एपिएफबीच भिडन्त
भद्रपुर । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपमा आज विभागीय टोली एपिएफ फुटबल क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी अन्तिम सेमिफाइनल खेलमा एपिएफ गत वर्षको लिग च्याम्पियन टोली मछिन्द्रसँग आज दिउँसो साढे २ बजे भिडन्त हुन लागेको आयोजक समितिले जनाएको छ । आज जित्ने टोलीले उपाधिका लागि फाइनलमा त्रिभुवन आर्मीसँग Read More…
धुलावारी जेसीजको मल्टि च्याप्टर तालिम सम्पन्न
बाहुण्डाँगी । धुलावारी जेसीजले शनिवार मल्टि च्याप्टर तालिम सम्पन्न गरेको छ । आफुले स्पोन्सर गरेका ३ वटा शाखा र जुनियर जेसीजका पदाधिकारीहरुका लागि एकैदिन चार जना प्रशिक्षकद्धारा मल्टि च्याप्टर तालिम सम्पन्न गरेको हो । आयोजक धुलावारी जेसीज रहेको तालिममा बाहुण्डाँगी जेसीज, मेचीनगर लेडी जेसीज, चारआली जेसीज र धुलावारी जुनियर जेसीज सहआयोजक रहेका थिए । तालिममा Read More…










