संघ \संस्था

मेची उद्योग वाणिज्य संघको मतगणना शुरु

झापा । मेची उद्योग वाणिज्य संघको मतगणना शुरु भएकाे छ ।

शनिबार सम्पन्न वाणिज्य संघकाे मतगणना राधा स्वामी सत्संग भवन धुलाबारीमा सुरु भएकाे हाे । आज बिहान १० बजेदेखि सुरु भएकाे मतगणना बेलुका ५ बजे सम्म सकिने प्रमुख निर्वाचन अधिकृत अशोककुमार पोखरेलले बताए ।

पोखरेलका अनुसार संघका १ हजार ७ सय ६८ जना मतदाता मध्ये १ हजार ३ सय ८९ जनाले मतदान गरेका छन् । संघकाे चुनावमा ३३ जना उम्मेदवार रहेका थिए भने, १६ जना निर्वाचित हुने छन् ।