संघ \संस्था

जेष्ठ नागरिक स्वस्थ प्रवर्द्धन सेवा कार्यक्रम सम्पन्न

चन्द्र बस्नेत
कनकाई ।
जेष्ठ नागरिकको लागि स्वस्थ प्रवर्द्धन सेवा कार्यक्रम आज मंगलबार झापाको कनकाई १ स्थित जेष्ठ नागरिक भवनमा सम्पन्न भएको छ।

कनकाई वडा न १ को आर्थिक सहयोग ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर झापाको विशेषज्ञ सहितको प्राविधिक सहयोगमा नागरिक आरोग्य सेवा केन्द्र कनकाई १ को आयोजनामा अविमुखी करण एवम् निःशुल्क आयुर्वेद स्वास्थ्य परिक्षणका साथै औसधि वितरण समेत सञ्चालन गरिएको कनकाई वडा अध्यक्ष सुशील कुमार पोख्रेलले जानकारी दिनुभयो ।

केन्द्रको बार्षिक कार्यक्रम अन्तरगत झापाको कनकाई नगरपालिका वडा नम्बर १ स्थित जेष्ठ नागरिक भवनमा एक दिवसिय अविमुखी करण एवम् निःशुल्क आयुर्वेद स्वास्थ्य परिक्षणका साथै औसधि वितरण सञ्चालन गरेको हो ।

नागरिक आरोग्य सेवा केन्द्र कनकाई १ को आयोजनामा (आज) एकदिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा १ सय २० बढीले केन्द्रका कबिराज निरिक्षक टेकनाथ अर्यालले जानकारी दिनुभयो ।

अविमुखी करण एवम् निःशुल्क आयुर्वेद स्वास्थ्य परिक्षणका साथै ३ प्रकारका औषधी निःशुल्क बितरण गरिएको कबिराज निरिक्षक अर्यालले बताउनुभयो । जेष्ठ नागरिक सघ कनकाई वडा न १ का सयोजक रिषिकेश खतिवडाको अध्यक्षमा भएको कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको प्रमुख आतिथ्यता रहेकोे थियोे ।

कनकाई वडा न ;१ का वडा अध्यक्ष सुशीलकुमार पोख्रेलले ब्यानर पढी कार्यक्रमको उद्घाटन गरिएको थियोे । केन्द्रका कबिराज निरिक्षक टेकनाथ अर्यालले स्वागत तथा औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा कनकाई स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दङगाल, जेष्ठ नागरिक कनकाईका सयोजक पुन्य प्रसद बारकोटी, नि वर्तमान टोल सयोजक तारा प्रसाद खनाल, लक्ष्मी प्रसाद काफ्ले, राम प्रसाद चापागाईं, डिल्ली प्रसाद भट्टराई , अनिरुद्र ओलि लगायतले सेवाका बारेमा आ-आफ्नो धारणा राख्नु भएको थियोे । कार्यक्रम कनकाई १ का वडा सदस्य निर्मला खड्का , हरि कुमार राई , दल बहादुर थापा,संगीता लुवागुन लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरमा डा. सुरज पन्तको प्राविधिक सहयोग रहेकोे १ का वडा सदस्य हरिकुमार राईले जानकारी दिनुभयो ।कार्यक्रमको सन्चालन नागरिक आरोग्य सेवा केन्द्र कनकाई नगरकी प्रमुख रञ्जु रिजालले गर्नुभएको थियो।