खेलकुद संघ \संस्था

रोटरी क्लब अफ मेचीनगरले खुला म्याराथन दौड प्रतियोगितामा गर्दै

मेचीनगर । सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दैं आएको रोटरी क्लब अफ मेचीनगरले पछिल्लो समय सामाजिक कार्यसंगै खेलकुदलगायतका अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिदैं विभिन्न कार्यक्रमहरु गर्दै आई रहेको छ ।

सोही कार्यलाई निरन्तरर्ता दिदैं क्लबले फागुन २७ गते शनिबार मिनी खुला म्याराथन दौड प्रतियोगिता गर्न लागिएको रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष अनन्तप्रकाश वस्तीले जानकारी दिए । उनका अनुसार खुला म्याराथन दौड प्रतियोगिता काँकरभिट्टा स्थित मेची पुलदेखि धुलाबारी चोकसम्म ६ किमि रहने छ ।

आगामी शनिवार हुने खुला म्याराथन दौड प्रतियोगितामा लागि क्लबले अहिले सहभागी हुन इच्छुकका लागि रजिस्ट्रेसन फारम खुल्ला गरिसकेको आयोजक समितिका सदस्य आयुसमान निरौलाले जानकारी दिए ।

दौडमा सहभागी हुन चाहने इच्छुक सहभागिहरुले यही फागुन २५ गते भित्रमा रजिस्ट्रेसन फारम भरिसक्नु पर्ने छ । उनका अनुसार अतिथि फुड एण्ड हस्पिटालिटी धुलाबारी ९८२०५०७०७४, मेची उद्योग वाणिज्य संघ धुलाबारी ९८१५०८१५८०, पाथिभरा भेराइटिज, गोमनसरी रोड इटाभट्टा ९८४२६२५८१४ र आशिर्वाद ट्राभल्स काकँरभिट्टा ९८५२६६२९८८ मा रजिस्ट्रेसन फारम पाइने जनाए ।