मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबार सम्पन्न नगर स्तरीय अतिरिक्त क्रियाकलापमा उत्कृष्ट घोषित भएका विद्यालयहरुलाई पुरस्कृत गरिएको छ ।
विद्यार्थीहरुको क्षमता र प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले प्याब्सनले ११ विद्यामा प्रतिष्पर्धा गराएको थियो । मेचीनगर –८ स्थित एभरेष्ट भ्यू अंग्रेजी मावि परिसरमा आयोजित अतिरिक्त क्रियाकलाप मध्ये कक्षा ५ सम्मको हाजिरी जवाफ प्रतियोगितामा दुर्गा मेमोरियल अंग्रेजी मावि र सेन्टपल्स एकाडेमी प्रथम घोषित भए । अक्सपोर्ट दोस्रो तथा लिटल एञ्जल र युनिक स्कूल तेस्रो बने । सोही विद्यामा कक्षा ८ सम्मको प्रतिष्पर्धामा सेन्टपल्स प्रथम, लिटल एञ्जल दोस्रो तथा नर्थ पोइन्ट अंग्रेजी मावि तेस्रो भयो ।
कक्षा ५ सम्मको नेपाली डिक्टेसन विद्यामा युनाइटेड स्कूल प्रथम, पारिजात र दुर्गा मेमोरियल दोस्रो तथा एभरेष्ट र हिमालयन माविले तेस्रो स्थान हासिल गरे । सोही विद्याको कक्षा ८ सम्मको प्रतियोगितामा तारापुञ्ज प्रथम, पूर्वाञ्चल दोस्रो तथा दुर्गा मेमोरियल तेस्रो भए ।
त्यसैगरी कक्षा ५ सम्मको अंग्रेजी डिक्टेसनमा सरस्वती शिक्षा सदन प्रथम, दुर्गा मेमोरियल दोस्रो र नर्थपोइन्ट तेस्रो बन्यो । सोही विद्याको कक्षा ८ सम्मको प्रतिष्पर्धामा पहिलो सरस्वती मावि, दोस्रो दुर्गा मेमोरियल र एभरेष्ट तथा तेस्रोमा हिमालयन मावि र नर्थपोइन्ट घोषित भए ।
त्यसैगरी कक्षा ५ सम्मको नेपाली हेण्डराइटिङ तर्फ, सनसाइन प्रथम, लिटल एञ्जल दोस्रो र युनाइटेड तेस्रो बन्यो । कक्षा १० सम्मको अंग्रेजी निबन्ध प्रतियोगिता तर्फ पारिजात प्रथम, दोस्रो सनसाइन र तारापुञ्ज तेस्रो बन्यो । सोही विद्याको कक्षा ८ सम्मको प्रतियोगितामा होलिबेल प्रथम, विद्या विकास एकाडेमी दोस्रो तथा युनाइटेड स्कूल तेस्रो घोषित भयो ।
त्यसैगरी अंग्रेजी हेण्डराइटिङमा प्रावि तर्फ सेन्टपल्स प्रथम, परिजात दोस्रो र दुर्गा आवासीय तेस्रो घोषित भए । छात्रा तर्फको कविता लेखन विद्यामा युनाइटेड प्रथम, दोस्रो ल्होत्से र युनिक तथा तेस्रो पूर्वाञ्चल र सनसाइन घोषित भए । सोही विद्यामा छात्र तर्फ प्रथम सेन्टपल्स, दोसो होलिबेल र ल्होत्से तथा तेस्रो पुरस्कार नर्थपोइन्टले हात पार्यो ।
नेपाली विषयको वक्तित्वकला प्रतियोगितामा छात्रा तर्फ भने दुर्गा मेमोरियल प्रथम, तारापुञ्ज दोस्रो तथा सेन्टपल्स तेस्रो घोषित भयो । सोही विद्यामा छात्र तर्फ सरस्वती मावि प्रथम, तारापुञ्ज दोस्रो र युनाइटेडले तेस्रो स्थान हासिल गर्यो । त्यसैगरी छात्र तर्फको चित्रकला प्रतियोगितामा प्रथम सेन्टपल्स, दोस्रो कन्भेन्ट तथा तेस्रो होलिबेल तथा छात्रा तर्फको चित्रकलामा पारिजात प्रथम, यूनाइटेड दोस्रो तथा होलिबेल तेस्रो भयो । रंग भर्ने छात्र तर्फको प्रतियोगितामा युनाइटेड प्रथम, होलिबेल दोस्रो र एभरेष्ट तेस्रो बन्यो । त्यसैगरी छात्रा तर्फको प्रतियोगितामा होलिबेल प्रथम, लिटल एञ्जल दोस्रो तथा अक्सफोड अंग्रेजी स्कूल तेस्रो बन्यो । श्रृती लेखन प्रतियोगिता नेपाली विषयमा युनाइटेड प्रथम, दुर्गा मेमोरियल र पारिजात दोस्रो तथा तेस्रोमा एभरेष्ट र हिमालयन घोषित भए ।
प्याब्सन मेचीनगर अध्यक्ष विक्रम क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर – ८ का वडाध्यक्ष गिरीराज धमला प्रमुख अतिथि थिए । प्रतियोगिताको सबै विद्यामा उत्कृष्ट घोषित भएका छात्र छात्रा तथा विद्यालयहरुलाई पुरस्कृत गरिएको एभरेष्ट भ्यू आंग्रेजी माविका कोअर्डिनेटर तथा इसिए कार्यक्रमका संयोजक रुपसागर अधिकारीले जानकारी दिए । प्रतियोगितामा सहभागि मध्ये हाजिरी जवाफ प्रतियोगिता, वक्तित्वकला र कविता वचनमा प्रथम स्थान हासिल गरेका विद्यालयहरु भने भदौ अन्तिम साता हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागि हुन पाउने उनले जानकारी दिए ।
प्रमुख अतिथि धमलाले उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गर्दै आगामी दिनमा थप सफलताको निम्त शुभकामना समेत दिए । उनले विद्यार्थीहरुको क्षमता विकासकोलागि संस्थागत विद्यालयहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । ‘साना नानीहरु धेरै मानिसको बीचमा मञ्चमा उभिएर निर्धक्क भएर बोल्नुपनि उनीहरुको लागि एउटा सफलता हो,’ उनले भने, ‘आज मञ्चमा उभिएर बोल्ने हिम्मत गर्छन, त्यो हिम्मतले भोलि उनीहरुको जीवनमा आत्मविश्वास बढ्नुका साथै समाजमा नेतृत्व स्थापित गर्न मद्दत पुग्छ ।’ शिक्षा सँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई प्रोत्साहित गर्दै निजी विद्यालयले देशमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको उनको भनाई थियो ।
कार्यक्रममा जिल्ला अध्यक्ष छत्र कार्की, वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक जिल्ला सचिव लक्ष्मीप्रसाद उप्रेती, जिल्ला सदस्य भोज बहादुर कार्की, रमेश बराल, जिल्ला सल्लाकार हिम्मत क्षेत्री, जिल्ला प्राज्ञिक सदस्य हरि अधिकारी, नगर कार्यसमितिकी कोषाध्यक्ष समिक्षा गौतम लगायतको आतिथ्यता रहेको थियो ।
प्याब्सन मेचीनगरका उपाध्यक्ष सुरेन्द्र न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव बिमल पौडेलले गरेका थिए ।

