खेलकुद

मेचीनगर भेट्रान सिटी लिग फुटबल प्रतियोगिता मंगलबारदेखि

मेचीनगर । विजय दशमीको अवसरमा भोलीदेखि काँकरभिट्टामा “मेचीनगर भेट्रान सिटी लिग फुटबल प्रतियोगिता–२०८२” हुँदैछ। भेट्रान खेलाडीहरूको उत्साह, मित्रता र खेलकुदको प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागिएको आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबले जनाएको छ ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सहयोगी संस्थाको भूमिकामा रहेको प्रतियोगिता असोज ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ । काँकरभिट्टा खेल मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा संगम युवा भेट्रान क्लब, नवदुर्गा भेट्रान क्लब, शान्ति गाउँ भेट्रान क्लब र पुर्व मेची भेट्रान क्लबले प्रतिष्पर्धा गर्ने छन् ।

समाजमा खेलकुदप्रतिको रुचि अझ बढाउने, पुराना खेलाडीलाई सम्मान गर्दै नयाँ पुस्तालाई प्रेरित गर्ने र नगरको खेल पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबले जनाएको छ ।

स्थानीयस्तरमै अन्तर्राष्ट्रिय स्तरको खेलकुद माहोल सिर्जना गर्ने अभिप्रायले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। फुटबलप्रेमी दर्शकका लागि यो प्रतियोगिता मनोरञ्जन र उत्साहको माध्यम बन्ने अपेक्षा गरिएको छ।