संघ \संस्था

मेचीनगरमा जेन–जी आन्दोलनका क्रममा तीन करोड ३३ लाख बढीको क्षति

मेचीनगर । गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा मेचीनगर नगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरूमा व्यापक क्षति पुगेको छ।

नगरपालिकाले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नगर कार्यपालिकाको कार्यालय र नगरको १५ वटा वडामध्ये १३ वटा वडा कार्यालयमा आगजनीबाट करिब रु. ३ करोड ३३ लाख २८ हजार १९८ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको मेचीनगरका प्रवक्ता दिपक बरालले जानकारी दिए ।

नगर कार्यपालिकाको भवनमा मात्र रु. ६८ लाख १६ हजार ३८३.५९ र विभिन्न वडा कार्यालयमा रु. ९६ लाख ७५ हजार ६५०.१८ बराबरको क्षति पुगेको उनको भनाइ छ ।

प्रेस विज्ञप्तिमा सम्पूर्ण कार्यालयहरूमा भएका क्षतिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै आवश्यक पुनर्निर्माणका पहल भइरहेको प्रवक्ता बरालले जानकारी दिएका छन्।