संघ \संस्था

दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । मेचीनगर – ८ स्थित दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

सहकारी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले गरेका थिए । प्रमुख अतिथि उप्रेतीले पछिल्लो समय केही ब्याक्तिहरुको कारण देशभरका सहकारी बदनामा भइरहेको भन्दै सहकारी नीति, विधि र सिद्धान्त, भित्र रहेर सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

सहकारी संस्थाका अध्यक्ष सन्तोष मेचेको सभापतित्वमा आयोजित कार्यक्रममा सहकारीले बिभिन्न व्याक्तिहरुलाई सम्मान गरेका छन् । सहकारीले ज्येष्ठ नागरिक सम्मान दुहा रावंशलाई प्रदान गर्याे । त्यसैगरी सहकारीले एकल महिला चमसिरी मेचेलाई समेत सम्मान गरेको छ ।

सहकारीले उत्कृष्ट बचत कर्ताको रुपमा चमेली तामाङलाई र उत्कृष्ट कर्जा तर्फ चम्पा अधिकारीलाई सम्मान गरेको छ ।
त्यसैगरी सहकारीले एस ईईमा उत्कृष्ट जीपिए ल्याउन सफल भएको भन्दै लिम्रन कट्टेललाई र उत्कृष्ट खेलाडी ज्ञानबहादुर विकलाईसमेत सम्मान प्रदान गरेको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् अतिथिहरुले सम्मान गरेका थिए ।

सो अवसरमा बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष वीपी भट्टराई, बिन्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विकेन्द्र धिमाल जिल्ला सहकारी संघकी सदस्य संगीता गजुरेल लगायतले बोलेका थिए । कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर –८ का वडाध्यक्ष गिरीराज धमला, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाका कार्यालय प्रमुख प्रेम श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

सहकारी संस्थाकी उपाध्यक्ष लक्ष्मी मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रेवन्तराज पोखरेलले गरेका थिए ।