समाचार

धमाधम बन्दैछ मतदानस्थल

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार मतदान हुँदैछ। 

देशभरिका १० हजार ९६७ मतदानस्थलमा बिहीबार बिहान ७ बजेदेखि मतदान हुँदैछ। 

निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

मतदान गर्न आवश्यक सामग्री यसअघि नै  जिल्ला जिल्लामा पठाइसकेको छ। 

मतदानको अघिल्लो दिन देशभरि मतदान स्थल धमाधम निर्माण भइरहेको छ।

काठमाडौंलगायत देशभरका मतदान हुने विभिन्न स्थानमा बिहीबार मतदानस्थल निर्माण भइरहेका छन्।

निर्वाचन आयोगका कर्मचारी, नेपाल प्रहरी र निर्वाचन प्रहरी मतदान स्थल निर्माणमा खटिइरहेका छन्।