समाचार

मासिक असुलीको आरोपबीच यौन गतिविधिमा पक्राउ होटल सञ्चालक छुटे, प्रहरी भूमिकामाथि प्रश्न

झापा । यौनजन्य क्रियाकलाप गराएको आरोपमा पक्राउ परेका होटल संचालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले एक दिन नबित्दै छोडेको छ । विर्तामोड बसपार्कमा रहेको आसेङ होटलका संचाकल पदम तामाङलाई प्रहरीले शंकास्पद तरिकाले छोडेको हो ।

आज बिहान पक्राउ परेका आसेङ होटलका संचालक तामाङलाई इप्रका अनारमनीका प्रमुख डिएसपी बिजय श्रेष्ठको निर्देशमा आझै छोडिएको छ । जिल्ला प्रहरी कार्यालय झापामा बसुन्धरा खड्काले कमाण्ड समालेसंगै आपराधिक क्रियाकलापमा केही कमि आएको छ । खड्काकै निर्देशमा केही दिनदेखि प्रहरीले दिनहुँ विर्तामोडका होटलहरुमा सर्च अप्रेसन समेत गर्न थालेको छ । त्यसक्रममा गएराति ९ः४५ बजे अर्जुनधारा-११ बसपार्कस्थित राईमान होटल एण्ड लजबाट शंकास्पद अबस्थामा भेटिएको भन्दै १० जनालाई प्रहरीले पक्राउ गरेको थियो । होटलले भने उनिहरुलाई इन्ट्री गरेर बस्न दिएको रेकर्ड फेला परेको छ ।

अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक राजेश पौडेलको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा शंकास्पद अबस्थामा फेला पारी पाँच युवतीसहित १० जनालाई पक्राउ गरेको प्रहरीले पुष्ठि गरेको थियो । आसेङ होटल बसपार्कबाट यौन कर्मी ल्याएर ४ भारतीय र १ नेपाली पुरूष राईमन होटलमा बसेको तथ्यांकले देखाए पनि विर्तामोडका डिएसपी श्रेष्ठको निर्देशमा पक्राउ परेका आसेङ होटलका संचालक पदम तामाङ भने छुटेका छन् ।

आसेङ टोलमा १० जना यौन कर्मी महिला सधैं राखेर महेश श्रेष्ठ र तामाङले संचालन गर्दै आएका छन् । उनिहरुले लागुऔसत समेत यौनकर्मी महिलालाई बेच्ने गरेको प्रमाण फेला परेको छ । स्थानीयका आनुसार राईमन होटेलमा भने यौनकर्मी महिला राख्ने गरेको छैन । तर, पक्राउ परेका महिलाले आसेङ होटलमा काम गर्ने गरेको बताए पनि डिएसपी श्रेष्ठले राईमनका रामप्रसाद राईलाई म्यादथप गरि थुनामा राखेर तामाङलाई छोडेका छन् । यसबापत मोटो रकम लेनदेन भएको एक होटल व्यवसायीले बताए ।

डिएसपी श्रेष्ठले हवल्दार डम्बर दाहाललाई खटाएर विर्तामोडका होटल क्यासिनो लगायतबाट मासिक असुली गर्दै आएका छन् । हवल्दार दाहाल आज यो मुद्दा सल्टाउन होटलसंचालकका एजेन्डसंग दिनभर फोन स्विचअफ गरेर लागेको एक प्रहरीले बताए ।

बस पार्ककै चाम्लिङ थरका एक ब्यक्ती सेटिङ मिलाउन लागेको स्रोतले बतायो । जिल्ला प्रहरी प्रमुखको आँखामा छारो हाल्न पक्राउको नाटक गरे पनि मासिक असुल्ने गर्ने गरेको होटलको संचालक तामाङलाई सेटिङमा छोडेको अनुमान लगाउने आधार थुप्रै छन् ।

बसपार्क र मेचीआँखा अस्पताल आगाडि संचालित करिब ४० वटा यौनकर्मी राखिएको होटलबाट श्रेष्ठले घुमुवा मार्फत मासिक प्रती होटल ३० हजार देखि १ लाख ५० हजारसम्म असुल्ने गरेको तथ्य हामी संग सुरक्षित छ ।

पक्राउ परेका १० मध्ये ९ जनालाई म्याद थपिएको छ । पक्राउ पर्नेहरु १८ देखि २४ वर्ष उमेरका युवतीहरु छन् । त्यस्तै ग्राहकका रुपमा जाने चार भारतीय र एक नेपाली पुरुष पक्राउ परेका छन् ।

यौनकर्मी राख्ने अधिकांश होटलमा लागूऔषधको समेत कारोबार हुने गरेको स्थानियले बताए ।

झापामा एसपी खड्काले कमान्ड समालेसंगै प्रहरीले निगरानी बढाएपछि होटलहरुमा युवती नराखेर होटल संचालकहरुले ग्राहकका लागि बाहिरबाट युवती मगाइदिएर व्यवसाय जारी राखेको बताइन्छ ।