खेलकुद

धुलाबारी फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा

झापा । नकलबन्दामा जारी तेस्रो नकलबन्दा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा धुलाबारी फुटबल ट्रेनिङ सेन्टरले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । शुक्रबार सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक खेलमा धुलाबारीले पूर्वेली युवा क्लब बिर्तामोडलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । निर्धारित ७० मिनेटको खेलमा दुवै टोलीले बराबरी Read More…

अर्थ

इन्धन र ग्यासको मूल्य वृद्धि: अब पेट्रोलमा १७, डिजेल २५ र एलपि ग्यास १०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल Read More…

खेलकुद

तेस्रो नकलबन्दा फुटबल प्रतियोगिताः आयोजकको विजयी शुरुवात

मेचीनगर । “खेल स्वास्थ्यको आधार, खेलकुद हाम्रो पहिचान” भन्ने मूल नाराका साथ तेस्रो नकलबन्दा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबले नेक्ष्ट जेनेरेशन फुटबल क्लब मोरङलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । आयोजकका तर्फबाट साहिल धिमालले खेलको १५ औँ मिनेटमा पहिलो गोल गरेका Read More…

समाचार

देउवा दम्पती विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ। ‘उहाँहरूमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा अदालतबाट पक्राउ पुर्जी लिइएको छ, यसबारे आवश्यक प्रक्रिया अघि बढेको छ,’ गृह मन्त्रालय Read More…

अर्थ

झापा : अण्डा, चल्ला निर्यात गर्न नपाउँदा किसान मारमा

बिर्तामोड । झापाको दमकमा बर्डफ्लू देखिएपछि दुई सातादेखि व्यवसायीहरुले कुखुरा, चल्ला र अण्डा निर्यात गर्न पाएका छैनन् । दुई साताका लागि निर्यात बन्द गरिए पनि अझैसम्म खुल्ला नभएको व्यवसायीहरुले गुनासो गरे । चैत २३ गते १५ दिन भइसकेको छ । व्यवसायीहरुले अझै पनि व्यवसायका लागि निर्यात खुल्ला नभएको बताएका छन् । बर्डफ्लू देखिएपछि सुरक्षाका लागि Read More…

समाचार

समयमै कर्मचारी नआए कारबाही हुने, छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भए/नभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ । साेमबारदेखि लागू भएको परिमार्जित कार्यालय समयको परिपालना र सेवा प्रवाहलाई चुस्त तुल्याउने उद्देश्यका साथ केन्द्रले काठमाडौं उपत्यकाबाहिर नौ जिल्लामा टोली खटाएको प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए । ‘आयोजनाको गतिविधि र सेवा प्रवाहमा निगरानी तथा छड्के Read More…

संघ \संस्था

रोटरी क्लव अफ मेचीनगरले विद्यालयमा बनाइदियो शौचालय

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ७ को अरनिको माद्यमिक विद्यालयमा रोटरी क्लव अफ मेचीनगरले छात्रामैत्री शौचालय बनाइदिएको छ । ग्रामिण क्षेत्रमा रहेको विद्यालयमा शौचालय नहुँदा छात्राहरुले दैनिक रुपमा समस्या भोग्नु परेकाले छात्रामैत्री शौचालय निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरिएको रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले बताउनु भयो । करीब सात लाख ५० लाखको लागतमा Read More…

मनोरञ्जन

कलाकार ‘बले’ माथि अनुसन्धान जारी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको जनाएको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज विज्ञप्ति जारी गर्दै अभद्र व्यवहार गर्न नहुने कसुरमा यही चैत २० गते पक्राउ परेका कलाकार बलेमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रहरीले Read More…