विचार

हामी नेपालीले नै हो नेपाल बनाउने, पछुताउने काम नगरौँ

खेमराज थाम्सुहाङ्ग
अवको आउँदो समयमा पछुताउने काम नगरौँ । भावी सन्तानले दुःख पाउने, स्वाधिनता र सार्वभौमता गुमाउने कार्य जस्ता नगरौँ, विगत देखिनै हाम्रो राम्रो, मेरो मान्छे, खान–दान नै यो दलको भन्दै व्यक्ति र कार्यकर्ताहरुको एक पक्षमा लहै–लहैमा लागेर आँखा चिमलिँदै मत दियौँ । नेता र दल–दल बीचको भनाभन र नाप तौलको भाषा सुनेर अन्धभक्त भयौँ । तर कहिल्यै पनि हामी र अग्रजहरुले नेतृत्वको क्षमता, दुरदर्शीता मूल्याङ्कन गर्न सकेनौँ ।

दोस्रो–तेस्रो मुलुकको परिचालनलाई अनुमान गर्न सकेनौ । सहयोगी र दाता राष्ट्र भन्दै दानी सम्झियौँ तर समय–समयमा भौगोलिक, मान हानी र मानव क्षति हुँदा राजदुतावास अगाडी धर्ना र नाराजुलुस गरेको र विदेशी मिडियाको विरोध गरेको हामीले बिसिर्नु हुँदैन ।

यी जडको कारण आज हामी नेपाली हरेक क्षेत्र र तहमा टुक्रिएका छौँ । त्यसैले हामी नेपाली अब्वल नेता बन्न सकेनाँै । आर्थिक, सामाजिक र राजनीतिमा सक्षम बन्न सकेनौँ । स्वयं हामी आन्फै यी विषयहरुमा अल्मलिरहेका छौँ । विदेशीले सिमा मिच्न र खेलाउन पाएको छ । नेपालीको श्रम शोषण गर्न, भौतिक वस्तुमा ठग्न र अर्थ लुट्न पाएको छ । अव के लुटन् बाँकी होला ….. त ?

संयुक्त राष्ट्र संघले दिएको मानव अधिकार, नेपालको संविधान २०७२ ले दिएको मौलिक हकलाई स्वेक्षिक ढंगबाट विदेशी नीति र परिचालित नभएको जाति, धर्म, क्षेत्र र समुदाय नहेरी मात्र नेपालीले नेपालीलाई नेपालको निम्ति निष्टावान व्यक्तिलाई मतदान गरौँ । हामी नेपालीले नै नेपाल बनाउने हो । हिजो यहीँ थियौ, आज यही छौँ, भोलि यहि हुनेछौँ ।

नयाँ–पुरानो, सर–सापटी जस्ता त निर्देशकले पात्र फेरे जस्तै हो, उसको इच्छा अनुसार अभियन गर्ने । यस्ता परिपाटीले गुलियो मिठाईलाई अर्को रुपमा बनाएर बेचिरहेको जस्तो मात्र देखिन्छ (किताब पुरानो खोल नयाँ) । अव सचेत बनि फागुन २१ मा मतदान गरौँ । त्यसप्रश्चात दलबीच, नेताबीच छोटोमोटो नाप्ने अन्त्य हुनेछ, प्रत्येक नेपाली स्वावलम्बी हुनेछ । समाजका सबै तहका जुट्नेछन् । यस भौगोलिक भित्रका सबै नागरिकले हामी एक एर्काका बन्धुत्व, समानता, स्वतन्त्रता महसुस गर्न पाउने छन् ।
जय नेपाल जय नेपाली