समाचार

पाकिस्तानले भारतविरुद्ध यूएनमा मुद्दा दायर गर्दै

इस्लामाबाद स् भारत–पाकिस्तान तनाब मत्थर भइरहँदा पाकिस्तान सरकारले युद्ध विमानको हमलाबाट सल्लाका रुखमा क्षति पुर्‍याउँदै पर्यावरण पर्यटनमा असर पुर्‍याएको भन्दै भारतविरुद्ध मुद्दा दायर गर्ने भएको छ ।

पाकिस्तान सरकारले संयुक्त राष्ट्रसंघमा भारत सरकारविरुद्ध मुद्दा दायर गर्ने कुरा शुक्रबार यहाँका एक मन्त्रीको हवाला दिँदै रोयटर्सले जनाएको छ ।

मंगलबार भारतीय युद्ध विमानले बालाकाुटस्थित जंगलमा गरेको बम हमलाबाट ठूलो संख्यामा सल्लाका रुख नष्ट भएको पाकिस्तानी पक्षबाट उठ्दैआएको थियो । जब कि, भारतले भने पाकिस्तानमा आफूले गरेको हमलाबाट ३ सय भन्दा धेरै विद्रोहीको ज्यान गएको दावी गर्दैआएको थियो । पाकिस्तानमा जैश ए मोहम्मदको क्याम्पमै बमवारी गरेर सयौं ‘आतंककारी’को हत्या गरेको भारतको जिकिर थियो ।

पाकिस्तानका जलवायु परिवर्तन मन्त्री मलिक अमिन अस्लामले भारतीय जेटको बम हमलाबाट जंगलमा ठूलो क्षति भएकाले संयुक्त राष्ट्रसंघ सहित अन्य अन्तर्रा्ष्ट्रिय फोरममा पनि मुद्दा लैजाने बताएका छन् ।

‘त्यहाँ वातावरणीय आतंक भएको छ,’ अस्लामले त्यहाँ थुप्रै सल्लाका रुख नष्ट भएको र गम्भीर वातावरणीय क्षति भएको बताए । घटनापछि त्यस क्षेत्रमा अवलोकन गर्न पुगेका पत्रकारहरुले भने दर्जनौँको संख्यामा सल्लाका रुख बम हमलाबाट जलेर नष्ट भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *