राजनीति

नेपालका शिर्ष नेताहरुको सन्तान कहाँ छन्

काठमाडौ / देशको चाबी ताल्चा सबै अहिले राजनीतिक दलका नेताहरुमा छ । राजनीतिक परिवर्तनसँगै जनताका प्रतिनिधि सर्वशक्तिमान भएका छन् । यस्तो राजनीतिक परिघटनापछिपनि देश विकास हुन सकेको छैन । जनताका छोराछोरी रोजगारीका अभावमा अहिलेपनि दैनिक सयौँको सङख्यामा पासपोर्ट बोकेर खाडीको लाईनमा छन ।

शिक्षामा बिद्यमान बिकृतिले जनताका छोराछोरीलाई सामुदायिक स्कुलमा पढाउँदा निजी क्षेत्रमा पढ्ने विद्यार्थीसँग प्रतिस्पर्धा गर्नै नसक्ने कमजोर शिक्षाप्रणालीका शिकार छन । सरकारी शिक्षामा गिर्दो गुणस्तर र निजी स्कुलमा पढाउन खर्चले धान्नै नसक्ने अप्ठेरो अवस्थामा आम अभिभावक पुगेका छन् । तर, यो पीडाले नेताहरु र तिनका छोराछोरीलाई पटक्कै छोएको देखिँदैन । यस्ता बिकृतिकावीच आम नागरिकको मनमा एउटा कौतुहलता जागिरहेको छ । नेता किन देश बनाउनुको साटो बिदेश ताक्दैछन । के सोच्दैंछन आफ्नै सन्तानको भविष्यबारे ? कुन नेताका सन्तान कहाँ छन ? आउनुहोस यही विषयमा चर्चा परिचर्चा गरौँ ।

१, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाका छोरा वीरध्वज स् नेपाली कांग्रेसको राजनीतिमा एक प्रखर नेताका रुपमा चिनिएका सभापति देउवा विद्यार्थी अवस्था देखिनै राजनीतिमा हाबी हुँदै आएका हुन् । उनी वैवाहिक जीवनमा गाँसिनु अघि नै कांग्रेसको केन्द्रीय राजनीतिमा उदाईसकेका थिए । यसो त नेपालको राजनीतिमा महत्वपूर्ण पद गृहमन्त्री बनेपछि आर्थिक रुपमा सम्पन्न परिवारकी आरजु राणासँग बिहे गरेका थिए देउवाले ।

उनका अहिले एकमात्र सन्तान छन । छोरा वीरध्वज देउवा । छोरा वीरध्वजलाई बुवा शेरवहादुरले गरेका राजनीतिक निर्णयको कुनै असर पर्दैन । उनी बेलायतमा राजनीतिशास्त्र विषयमा विद्यावारिधि गरिरहेका छन् । डडेल्धुरा असिग्राममा सम्पन्न परिवारमा जन्मिएका देउवाको बुढानिलकण्ठमा ठूलो घर छ । वीरध्वजलाई अहिले बुवाले गरिरहेका कुनैपनि राजनीतिक निर्णयको प्रवाह नै छैन । बरु बेलायतमा बेला बेला लभको फण्डा मच्चाएर पछिल्लो बिरध्वज निक्कै चर्चामा आउन थालेका छन ।

विदेशी यूवतीको प्रेममा परेपछि परिवारमा समेत खैलाबैला मच्चिएपछि प्रधानमन्त्री पत्नी आरजु केही समयअघिमात्रै बेलायत पुगेर समस्या सल्टाएर फर्केकी थिईन । नेपालमा उत्पन्न समस्याले देउवा र उनको परिवारलाई छुँदैन । चौथोपटक प्रधानमन्त्री भईसकेका देउवा आफैले पनि सत्ताको आडमा अकुत सम्पति आर्जन गरिसकेका छन । यसबाहेक राजनीतिमा समेत काँग्रेसको अग्रभागमै रहकी आरजुले विभिन्न गैरसरकारी संस्थामार्फत अकुत आम्दानी गर्ने गरेको उनिनिकट बताउछन । देउवा परिवार वास्तवमै सम्पन्न छ ।

२, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन स् हरेक राजनीतिक छलफलमा सहभागी हुने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको परिवारलाई पनि खान लाउन कुनै समस्या छैन । राजनीतिमा गुटै गुटको पेलानमा परेका पौडेल तनहुँको मध्यमवर्गिय ब्राह्मण परिवारबाट नेपाली राजनीतिमा आएका हुन । अघिल्लो एकदशक नेताहरुको हालीमुहालीमा चलेको नेपाली राजनीतिमा केही महत्वपूर्ण पद सम्हालेका पौडेल पनि अहिले आर्थिक रुपमा सम्पन्न मानिन्छन । बालाजुको बोहोराटारमा सुन्दर बंगलासहित बसेको पौडेल परिवारले केही महिनाअघिमात्रै बगंलासँगै पूर्वउत्तर मोहोडाको खाली जमिन पार्किङका लागी भन्दै खरिदेको चर्चा छ ।

देश बनाउने भन्दै जनताका छोराछारी आन्दोलनमा होमेर त्यसको नेतृत्व सम्हाल्ने पौडेलका एक मात्र पुत्र चिन्तन पौडेल अहिले बेलायत भासिएका छन् । सुशिल कोईराला नेतृत्वको सरकारका पालामा चिन्तन निक्कै आर्कषक तलव सुविधा लिनेगरि गरिब घरपरिवार पहिचान बोर्डका कार्यकारी प्रमुखमा नियुक्त भएका थिए । पहुँचकै आधारमा नियुक्त पौडेलपुत्र चिन्तनले अपेक्षित नतिजा दिन नसक्दा कोईराला नेतृत्वको सरकार हटेसँगै पदमाबाट पनि हट्नुप९यो ।

लामो समय बिदेशमा बसेर फर्केका पौडेल नेपाल फर्केकोमा धेरैको वाहिवाहि पाएका थिए । बिडम्वना पद गुमेसँगै उनी बेलायत फर्किएका छन । एक छोरासँगै चार छोरी समेत रहेका रामचन्द्र पौडेलका छोरीहरुमध्ये एक छोरी अमेरिका बस्छन भने अन्य तीन छोरीहरु नेपालमै छन । जेठी छोरीको चितवनमा सम्पन्न परिवारमा विवाह भएको छ । इन्जिनियरसँग बिहे गरेकी माईली छोरी पोखरामा बस्छिन् । एउटा छोरी नेपालकको एक वाणिज्य बैंकमा कार्यरत छन ।

३, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाका छोरा श्याम स् नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला नेपालको राजनीतिमा अधिकांश समय लाभको पद सम्हाल्ने नेतामा पर्छन । अहिलेसम्म काठमाण्डौमा आफ्नै घर नदेखाएका भएपनि व्यापारीको एक बंगालामा शानका साथ निशुल्क बस्दैं आएका छन ।

चण्डोलमा एक व्यवापारीले निगाह बक्सेको घरमा भाडा निशुल्क बस्दै आएका भएपनि सिटौलाले नितिगत तहमा व्यवापारीलाई उल्टासुल्टा ठुलै गुन लगाउदैं आएको चर्चा छ । कानुन व्यवसायबाट राजनीतिमा आएका सिटौलाका दुई छोरी र एक छोरा छन् । छोरा श्याम सिटौला बाबु कृष्ण प्रसाद सिटौलाको सेटिङमा भारतीय दुतावासमार्फत बिनाशुल्क भारतको महंगो बिश्वबिद्यालयबाट ईन्जिनियरिङ संकायको अध्ययन सकेका छन् ।

पछिल्लो समय अमेरिकामा एमई तहको अध्ययन गरिरहेका श्याम अमेरिकामै सेटल हुन चाहेको उनिनिकट बताउछन । त्यसो त सिटौलाका दुई छोरीहरु पनि अमेरिकामै बसोवास गर्दै आएका छन् । सधैं सत्ताको शक्तिमा छाईरहने सिटौलाले विभिन्न ठाउँमा ठुलो रकम जग्गा जमिन जमिनमा लगानी गरेका छन् भने अमेरिकामा समेत माटो सम्पति जम्मा गरिसकेको स्रोत बताउछ । उनका छोराछोरीलाई नेपालमा हुने कुनैपनि राजनीतिक प्रभावले असर गर्दैन् ।

४, बिमलेन्द्र निधीका दुईटै छोरा ईन्जिनियर स् कांग्रेसका प्रभावशाली नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका दुई छोरा छन् । निधिका जेठा छोरा अबिरल १२ कक्षासम्म जावलाखेलस्थित सेन्ट जेभियर्समा पढिसकेपछि उनी अहिले भारतीय दुतावासमार्फत मोटो सुविधा लिएर भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पढेका छन् । निधिका कान्छा छोरा पनि सोही माध्ययमबाट ईन्जिनियरिङ अध्ययनको लागि भारतमै छन ।

५, वरिष्ठ नेता माधवकुमार नेपालका छोराछोरी दुवै डाक्टर स् नेकपामा बरिष्ठ नेताको रुपमा रहेका, पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछिका शक्तिशाली मानिएका माधवकुमार नेपाल समेत प्रधानमन्त्री भईसकेका व्यक्ति हुन् । अहिलेको राजनीतिक प्रक्रियामा उनी निकै क्रियाशिल छन् । उनको एक छोरा र एक छोरी छन् । तर दुवै जना नेपालको राजनीतिबाट भने टाढा बस्दै आएका छन् । उनीहरु दुवैजना डाक्टर हुन् । छोरी छालाको डाक्टर हुन, भने छोरा अष्ट्रेलियामा बसेर विद्यावारिधी गर्दैछन् ।

६, पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनालका छोरा स् पूर्वप्रधानमन्त्री एवं तत्कालिन नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालका एकमात्र छोरा छन निर्भिक चित्रकार खनाल अमेरिकाको अध्ययनपछि अहिले नेपालमै छन् । उनी एमाले निटक युवा संघका केन्द्रिय सदस्यका रुपमा राजनीतिमा रहेका छन् ।

उनी आमाको नाममा रहेको माछापुच्छ्रे हर्बल नामक उद्योग सञ्चालनमा आमालाई सघाउँछन् । यसबाहेक उनी विभिन्न चिनियाँ कम्पनीहरुलाई नेपालमा ल्याई लगानी गराउने र त्यसबापत उनी साझेदारी बन्ने उनको धन्दा छ । उनले विभिन्न ठेक्कामा पनि हात हालेका छन् । उनकै साझेदारीमा भैरहवा विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनीका कारण निर्भिक बेला बेला बिबादमा आउने गरेका छन ।

७, ईश्वर पोखरेलका छोरा नार्कमा स् तत्कालिन नेकपा एमाले महासचिव एवं वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेलका दुई छोरा छन् । ती मध्ये जेठा छोरा सिजन पोखरेल कृषि अध्ययन केन्द्र (नार्क) का वैज्ञानिक हुन् । उनी राजनीतिक क्षेत्रबाट टाढा रहेर वैज्ञानिक क्षेत्रको अध्ययन तथा अन्वेषणमा सक्रिय रहेका छन् ।

कान्छा छोरा सिसन पोखरेल अमेरिकाबाट अन्तर्रा्िष्ट्रय विषयमा अध्ययन गरी फर्किएपनि कहिले नेपाल कहिले अमेरिका गर्ने गरेका छन । बिभिन्न समयमा निक्कै लाभको पद सम्हालेका पोर्खेलले तत्कालिन राजा ज्ञानेन्द्रले कार्यकारी अधिकार आफ्नो हातमा लिदाँ हजारौ लिटरको ट्याङकी पैसाले भरेको चर्चा चलेको थियो ।

८, सन्तान छैनन् नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका स् वर्तमान शक्तिशाली सरकारका प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अहिलेको राजनीतिका प्रमुख पात्र मानिन्छन् । अहिले राजनीतिक निर्णयको प्रभावमा उनको प्रमुख हात रहेको छ । अरु नेताका छोराछोरी विभिन्न पेशा व्यवसायमा लागेपनि केपी ओलीको भने कुनै सन्तान नै छैन । ओली र उनकी श्रीमती राधिका शाक्यबाट सन्तान प्राप्त भएन । छोरा छोरी नभएकाले होला एमालेको युवा राजनीतिमा लागेका केही युवा नेताहरुले केपी ओलीलाई बा भनेर बोलाउँछन् । झापा विद्रोहबाट राजनीतिमा प्रवेश गरेका अध्यक्ष ओलीको भक्तपुर बालकोटमा आफ्नै निजी घर छ । उनको दमक नगरपालिका झापामा समेत घर छ ।

९, नेकपा अध्यक्ष प्रचण्ड पुत्र शोकमा छोरीहरु यसो गर्दैछन् स् तत्कालिन माओवादी केन्द्रका अध्यक्ष साथै नेकपाका अहिलेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का तीन छोरी र एक छोरा हुन् । जेठी छोरीको २ बर्ष अघि क्यान्सरका कारण निधन भएको थियो । माईली छोरी रेणु दाहाल माओवादी केन्द्रमा आबद्ध भई राजनीतिमा सक्रियछन् । पार्टीको केन्द्रिय सदस्य समेत रहेकी रेणु लामो समयपछि भएको स्थानीय तहको निर्वाचनमा निक्कै चर्चित बनिन् ।

भरतपुर महानगरपालिकाको मेयर बनेकी दाहाललाई जिताउन प्रचण्डले पुरै राज्यशक्ति मार्फत साम दाम दण्ड भेद गरेको आरोप लाग्ने गरेको छ । त्यसो त रेणु दाहाललाई मेयर बनाउन अन्तिम समयमा दाहालको मन्तान्तर बढेपछि हार्ने डरले मतपत्र च्याँत्न लगाएर पुन मतदान समेत भएको थियो । अर्की कान्छी छोरी विवाह गरेर सामान्य गृहिणी जीवन बिताईरहेकी छिन् । प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालको केही समय अघि दुखद निधन भयो । उनीबाट जन्मिएका दुई छोरा (प्रचण्डका नाती) सँगै छन् । प्रकाश प्रचण्डका स्वकीय सचिवको र पार्टीको केन्द्रीय सदस्य बनिसकेका थिए ।

१०, अझैसम्म अविवाहित नै छन् नारायणकाजी श्रेष्ठ स् तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपछिका प्रमुख पात्रका रुपमा हेरिएका नारायणकाजी श्रेष्ठ अझैसम्म अविवाहित नै छन् । माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठ शान्ति प्रक्रियापछिको राजनीतिमा महत्वपूर्ण भूमिकामा रहेका छन् ।

उनी माओवादीसँग २०६५ सालमा पार्टी एकता गरेर मुलधारको राजनीतिमा आएका हुन् । राजनीतिक निर्णय प्रक्रियामा उनको विशेष भूमिका रहन्छ । उनले अहिले सम्म बिहे नगरेकाले उनको सहयोगीको रुपमा एक महिला सुसन कर्माचार्यले सहयोग गरिरहेकी छिन् ।

११, कृष्णबहादुर महराका दुई छोरा बाबुको सहयोगी स् नेपालको राजनीतिलाई प्रभावमा पार्न सक्ने तत्कालिन माओवादी केन्द्रका नेता तथा वर्तमान संघीय संसदका सभामुख कृष्णबहादुर महराले यसअघिको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्रीकोे जिम्मेवारी सम्हालेका थिए । उनका दुई छोरा र दुई छोरी छन् । जेठी छोरी दाङमा किराना पसल चलाएर बसेकी छिन् भने कान्छी छोरी पनि दाङमै बस्छिन् ।

उनी दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसमा मानविकी संकायमा स्नातकको अध्ययान सकेकी छिन् । महराका दुई छोरा मध्ये जेठो छोरा एटम महरा तत्कालिन माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । उनी सेना समायोजन पूर्व माओवादी सेनाको ब्रिग्रेड कमाण्डर थिए । पछि उनी स्वेच्छिक अवकाश रोजेर राजनीतिमा आएका हुन् । कान्छा छोरा राहुल बुवाको स्वकिय सचिवको रुपमा कार्यरत रहेका छन् ।

१२, वर्षमान पुनका छोरा राजधानीकै एक महंगो स्कुलमा पढ्दै स् वर्षमान पुन अनन्त तत्कालिन माओवादी केन्द्रका उदाउँदै गरेका एक प्रभावशाली नेता मानिन्छन् । अहिलेको नेकपामापनि उनको निक्कै प्रभाव छ । पुनका एक छोरा र एक छोरी छन् । उनले दुवै छोरा छोरीलाई सेन्ट जेभियर्स स्कुलमा पढाईरहेका छन् । रोल्पाको सामान्य मध्यमवर्गीय पृष्ठभूमिबाट नेपालको राजनीतिमा आएका पुनकी श्रीमती व्यवस्थापिका संसदको सभामुख ओनसरी घर्ती मगर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *