संघ \संस्था साहित्य

मेचीनगरमा सुमधुर गजल साझ हुँदै

मेचीनगर । मेचीनगरमा सुमधुर गजल साझ हुँने भएको छ । प्रतिभा युवा परिवार मेचीनगर-८ को आयोजनामा सुमधुर गजल साझ हुँने भएको हो ।

यहीँ बैशाख १९ गते ग्रिन भिलेज रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस जोरसिमलमा हुँने सुमधुर गजल साझमा देशकै चर्चित गजलकारहरूको प्रस्तुति रहने आयोजक प्रतिभा युवा परिवारका अध्यक्ष राजु गौतमले जानकारी दिए ।

उनले पछिल्लो समय मेचीनगर क्षेत्रमा गजलका कार्यक्रमहरू नभइरहेको अवस्थामा त्यसलाई मध्यनजर गर्दै आफुहरूले सुमधुर गजल साझ गर्न लागेको बताए ।