खेलकुद

प्रथम टि–टेन क्रिकेट लिग हुँदै

झापा, पुष १४ । आगामी पुस २४ गतेबाट प्रथम टि–टेन क्रिकेट लिग सुरु हुने भएको छ । आयोजक मिलन क्रिकेट क्लब मेचीनगरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता बारे जानकारी दिइएको हो ।

आयोजक समितिका संयोजक एवं सम्मेलनका सभापति विरु श्रेष्ठले प्रतियोगिताको फाइनल खेल आउँदो माघ १ गते गते हुने बताए । स्थानिय स्तरबाट क्रिकेट विधाका दक्ष खेलाडी उत्पादन गर्न लागिएको सो प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको उनले बताए ।

आयोजक मिलन क्रिकेट क्लब मेचीनगर सहित १२ वटा टिमले भाग लिने प्रतियोगिता लालिगुरास क्रिकेट एकाडेमी शिवसत्ताक्षी, युनाइटेड क्रिकेट एकाडेमी विर्तामोड, बोस्टन क्रिकेट एकाडेमी विर्तामोड, आदर्श क्रिकेट एकाडेमी भद्रपुर, व्याइट वास क्रिकेट क्लब, धुलाबारी क्रिकेट क्लब मेचीनगर, बाहुण्डाँगी क्रिकेट एकाडेमी मेचीनगर, एन.सि.एस.एस झापा, मेची क्याम्पस क्रिकेट टिम भद्रपुर, द आर्ट अफ क्रिकेट सुनसरी र ईनिङ स्टार काठमाण्डौं रहेका छन् ।

प्रतियोगिता सम्पन्न गर्न ४ लाख ६० हजार रुपैयाँ खर्च पूर्वानूमान गरिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा ‘झापा जिल्लाबाट सहभागी टिमलाई प्रवेश शुल्क ५ हजार लाग्ने र त्यसबाट २ हजार सोही टिमलाई खेलाडी खाजा वापत फिर्ता गर्ने तथा झापा जिल्ला बाहिरका टिमलाई प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ ।

मेचीनगर–६ तुर्केनी खेलमैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ नगदराशी पाउनेछन् ।

सम्मेलनमा लालिगुरास क्रिकेट एकाडेमीका अध्यक्ष विश्वराज गौतम, युनाइटेड क्रिकेट एकाडेमीका हितेन श्रेष्ठ, एन.सि.एस.एस झापाका अध्यक्ष प्रविन अधिकारीलगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *