संघ \संस्था

सिमानामा माइती नेपाल उपस्थिति बलियो ।

झापा, पुष १४ । चेलीबेटी बेचबिखन बिरुद्ध जनचेतना मुलक कार्यक्रम र सिमानामा निगरानी गर्न क्रियाशिल संस्था माइती नेपाल काकरभिट्टा कार्यालयले पुर्वी सिमानामा आफ्नो उपस्थिति बलियो बनाएको छ ।

माइती नेपालले आज पत्रकार सम्मेलन गरी आफ्नो बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनका आधारमा पुर्वी नाकामा माइती नेपालको उपस्थिति बलियो रहेको पाईएको छ ।

माइती नेपालका पुर्वाञ्चल संयोजक गोविन्द घिमिरेले सार्वजनिक गर्नु भएको प्रतिवेदनका आधारमा सबैभन्दा धेरै सुरक्षित बसाइ सराईमा सन २०१९ मा १७३२ जनालाई माइती नेपालले परामर्श दिएको छ ।

त्यस्तै सिमा नाकाबाट फर्काइका १६४ जना, बिदेशबाट बन्धक बनाईएको नेपाली चेलीहरु २५ जना, घरेलु हिंसामा परेका एक जना, हराएका निवेदन परेको १५८ जना मध्ये ४५ जना भेटिएको र एक जना बलात्कारमा परेकाहरुलाई परामर्श सेवा प्रदान गरेको संयोजक घिमिरेले बताउनु भयो ।

बैदेशिक रोजगारीका नाममा नेपाली चेलबेटी बेचबिखनको कार्यलाई रोक्नका लागि माइती नेपाल बिगत लामो समयदेखि क्रियाशिल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *