संघ \संस्था

करेसाबारी खेती सम्बन्धी तालिम सम्पन्न

झापा, पुष १५ । पारिजात महिला विकास मञ्च मेचीनगर– ८ को आयोजनामा अग्र्यानिक करेसाबारी खेती सम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना उप्रेतीले पछिल्लो समय कृषिमा राशायनीक र बिषादीको प्रयोग बढ्दो क्रममा रहेको अवगत गराउदै अग्र्यानिक करेसाबारी खेती सम्बन्धी तालिम उपयूक्त रहेको र तालिममा सहभागी सबैले यसलाई व्यवहारमा उतार्न सुझाएकी थिईन् ।

समापन सत्रमा प्रमुख अतिथि उप्रेती सहित वडा अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य गंगा पाठकले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा सदस्य सन्तोष मेचे, विष्णु बराईली, आदर्श माध्यमीक विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन पोख्रेल, मेची विद्योदय आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष लालबहादुर थामी, लगायतको आतिथ्यता थियो ।

संस्थाकी अध्यक्ष मनकुमारी गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाकी सदस्य हरिमाया सिटौला र सञ्चालन सचिव गोमा पोखरेलले गरेकी थिईन् ।

मेचीनगर ८ नम्बर वडा कार्यालयको सहयोगमा नारी जागरण भवनमा सञ्चालित तीन दिने तालिममा विना पराजुली, लक्ष्मी भण्डारी र कुन्दन निरौलाले प्रशिक्षण दिएका थिए । मेचीनगरका ५४ जना महिलाहरुको सहभागीता रहेको थियो । उनिहरुलाई प्रमुख अतिथि, अतिथिहरुले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *