संघ \संस्था

स्थानिय उत्पादनको प्रवद्र्धनमा महोत्सवले भूमिका खेल्यो

झापा, पुस १५ ।स्थानिय उत्पादकहरुले महोत्सवमा आफ्नो उत्पादनको प्रवद्र्धन भएको बताएका छन् । झापाको धुलाबारीमा जारी तेस्रो औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा आफ्नो स्थानिय उत्पादनको उत्साहजनक रुपमा प्रचार तथा प्रवद्र्धन भएको बताएका हुन ।

मेचीनगर–९ धुलाबारीकी साधना दाहाल र मेचीनगर १० की पुजा सापकोटाले संयूक्त रुपमा सञ्चानलमा ल्याएको सेनेटरी सोलुसन उद्योगबाट उत्पादन भएको मितिनी ब्राण्डको प्याड भेण्डिङ्ग मेसिन महोत्सवमा मूख्य आकर्षणको रुपमा रहेको छ। महोत्सवमा आउने प्राय मानिसहरु उक्त स्टलमा एकछिन अडिन्छन र उक्त मेसिनको बारेमा सोध्छन् । झट्ट हेर्दा इलेक्ट्रोनिक केही उत्पादन लाग्ने उक्त मेसिन महिलाहरुको लागि उपयोगी भनि बुझेपछि अवलोकनकर्ताहरु स्थानिय रुपमा यस्तो मेसिन उत्पादन भएको देख्दा खुशी व्यक्त गर्दछन् र उत्पादनलाई आँफू आवद्ध संस्थाको लागि खरिद गर्ने प्रतिबद्धता नै व्यक्त गर्दछन् । सेनिटरी सोलुसन उद्योगबाट उत्पादन भएको उक्त भेण्डिङ्ग मेसिनबाट महिलाहरुलाई महिनावारी भएको बेलामा चाहिने सेनिटरी प्याड सिक्का राख्दा वा स्मार्ड कार्ड देखाउँदा एउटा प्याड झर्ने गर्दछ । यस्तो मेसिन विद्यालय तथा संस्थाहरुको लागि एकदमै फलदायी हुने अवलोकन गर्ने सबैको भनाई रहेको छ। उक्त उद्योगबाट उत्पादन भएको अर्को उत्पादन सेनिटरी प्याड डिस्ट्रोयर मेसिनले प्रयोग गरीसकेका प्याडहरु जलाउन प्रयोग गर्ने गरिन्छ ।

महोत्सवमा प्रवद्र्धन कै लागि राखिएको अर्को स्थानिय उत्पादनको नाम हो जय दुर्गा फुड प्रोडक्टले उत्पादन गरेको भुजिया, दालमोड, चिप्स तथा फुरनदाना । विशेसगरी चनाको मात्र प्रयोग गरी बनाएको उक्त उत्पादन हाईजेनिक रहेको तथा कुनै प्रकारको हानी नगर्ने ल्याब टेस्टबाट प्रमाणित भएको कारण यो उत्पादन पनि मानिसहरुको रोजाईमा रहेको छ। खासगरी भारतबाट आउने सोही प्रकारको उत्पादन स्वास्थवर्दक नभएको कारण यो उत्पादनले समेत स्थानिय बजारमा स्थापना हुने अनुमान धेरैले गरेका छन ।
हाल मानिसहरु स्वस्थ्यसँग प्रत्यक्ष अप्रत्यक्षरुपमा कुनै न कुनै रोगहरुबाट पिडत नै छन् । सोहि समस्यालाई मध्यनजनर गरी जौबारी मल्टिप्रपोज एग्रीकल्चर एण्ड इन्भारोमेन्ट सेन्टर जौबारी इलामले उत्पादन गरेको केशर पनि महोत्सवमा रोजाईको उत्पादन बनेको छ । पेटको समस्या, गर्भवती महिलाको लागि उपयोगी, ग्याष्ट्रिक, स्मरणशक्ति बढाउने आदी धेरै विशेषताहरु केशरमा हुने हुँदा यो उत्पादन आवलोकन कर्ताहरुले खासगरी रुचाएको उत्पादक बिरबहादुर कट्वाल बताउँछन् । कट्वालका अनुसार जौबारी इलाममा केशरको खेती नै गरी उत्पादन बढाएर बजारमा ल्याईएको हो । उत्पादक शंकर भट्टराईका अनुसार नेपालमा केशरको उत्पादन हुने भएपनि व्यवसायिक उत्पादनको रुपमा आँफूहरुले नै शुरुवात गरेको र केशरको फाईदाहरुको बारेमा सबैलाई बुझाउने पनि मुख्य उदेश्यले महोत्सवमा स्टल रखिएको बताउनु भयो ।

मेचीनगर १र२ का महिलाहरु मिलेर राखिएको स्टलमा महिलाहरु आँफैले उत्पादन गरेको जुत्ता, चप्पल, गुडिया, कुशन, ढाकाका हाते व्यागहरु साथै भान्सामा उपयोगी हनबेर्नो, बाती आदी उत्पादनहरु पनि त्यतिकै मात्रामा अवलोकनकर्ताहरुले रुचाएको नवकिरण महिला सञ्जालकी सपना निरौलाले बताउनु भयो । नवकिरण महिला सञ्जाल र सन्जीवनी महिला विकास मिलेर राखिएको स्टलमा आँफूहरुले उत्पादन गरेको घरेलु सामानहरुले बजार नपाएकोमा यस्ता महोत्सवहरुबाट आफूलाई चिनाउनलाई पनि यसले काम गर्ने उनीहरुको बुझाई रहेको छ ।


महोत्सवमा किवी, हस्तकलाका सामग्रीहरु, फर्निचरका सामानहरु, स्थानिय गार्मेन्टका कपडाहरु लागायत अन्य धेरै स्थानीय उत्पादनहरु महोत्सवमा ल्याईएका छन् । वास्तवमा स्थानिय बजार र स्थानिय उत्पादनलाई प्रवद्र्धन गर्नलाई नै विशेष रुपमा महोत्सवको आयोजना गरिएको महोत्सवका संयोजक भूमि पौडेलले बताउनुभयो । महोत्सवमा मात्रै नभएर आगामी दिनमा मेची उद्योग वाणिज्य संघले स्थानिय उत्पादन र स्थानिय बजारलाई टेवा पुग्ने गरी विभिन्न प्रकारका कार्यक्रमहरु लिएर आउने संघका अध्यक्ष ऋषि तिम्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *