खेलकुद

वडास्तरिय फुटबल प्रतियोगितामा वडा नम्बर २ च्याम्पियन (तस्बिर सहित)

झापा, पुष १५ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर २ ले जितेको छ । जित संगै उसले ५१ हजार रुपैयाँ नगदराशी सहित ट्रफी प्राप्त गर्‍यो । उपविजेता बनेको वडा नम्बर १२ ले २६ मा चित्त बुझायो ।

मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा मंगलबार भएको फाइनल खेलमा वडा नम्बर २ ले वडा नम्बर १२ लाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

अत्यन्तै प्रतिष्पर्धात्मक भएको फाईनल खेलमा विजेता टिमको तर्फबाट कृष्ण घिमिरेले व्यक्तिगत दुई गोल र प्रदिप राईले एक गोल गरे । वडा नम्बर १२ को तर्फबाट विशाल दर्जीले एक गरे । खेलको म्यान अफ दी म्याच वडा नम्बर १२ का कृष्ण घिमिरे घोषित भए ।

प्रतियोगितामा उदयमान खेलाडी आयोजकका मनकुमार लिम्बु, वेष्ट प्लेयर वडा नम्बर १२ का विशाल दर्जी, वेष्ट फरर्वड वडा नम्बर ११ का प्रदिप राई, वेष्ट डिफेन्स आयोजकका सन्तोष धिमाल, वेष्ट मिडफिल्डर वडा नम्बर १३ का प्रशान्त लक्सम, वेष्ट गोलकिपर वडा नम्बर १२ का दिवस तामाङ र हाइस्कोर वडा नम्बर ५ का पुरन मगर घोषित भए । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा स्रासद श्री प्रसाद मैनाली, झापा जिल्ला फुटबल संघ जिल्ला अध्यक्ष भगिरथ आले मामा, झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमाललगायतले नगद तीन हजार सहित ट्रफी प्रदान गरे ।

फाईनल खेलमा पहिलो गोल गर्ने वडा नम्बर २ का प्रदिप मगरलाई साझा मनोरञ्जन संस्था मेचीनगरका अध्यक्ष बिष्णु भट्टराईले नगद एक हजार दश रुपैयाँ प्रदान गरे ।

वडा खेलकुद समिति मेचीनगर–८ को अध्यक्ष सन्तोष मेचेको अध्यक्षता तथा सदस्य अर्जुन पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर उपप्रमुख मीना उप्रेती, वडा नम्बर ४ का अध्यक्ष तथा मेचीनगर खेलकुद समिति संयोजक नविन बराल, वडा नम्बर ५ का अध्यक्ष योगेन थापामगर, वडा नम्बर २ का अध्यक्ष तिलक न्यौपाने, वडा नम्बर १० का अध्यक्ष सुबेस पनेरु, वडा नम्बर ९ का अध्यक्ष गोपाल खड्का, वडा नम्बर १२ का अध्यक्ष नगेन्द्र धिमाल, वडा सदस्य गंगा पाठक, खिला मेचे, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेकपा वडा अध्यक्ष कुन्दन निरौला, नेपाली कांग्रस वडा सभापति गिरीराज धमला, मेची विद्योदय प्राविका अध्यक्ष लालबहादुर थामी, साझा मनोरञ्जन संस्था मेचीनगरका अध्यक्ष बिष्णु भट्टराई, वडा न्यायिक समिति संयोजक केदार गिरी, लागिगुराँस पब्लिक स्कुलका पाउण्डर अर्जुन राजवंशी, समाजसेवी दसरथ खडिया, ओम तिम्सिना, सागर लिम्बु, रविन ओझा, चित्र धिमाल लगायतको आतिथ्यता थियो ।

वडा खेलकुद समिति मेचीनगर–८ को आयोजनामा मेचीनगरका १५ वटा वडा खेलकुद समितिको सहभागीता रहेको प्रतियोगिताको सह आयोजकमा आदर्श धिमाल समाज र सेन्ट्री युवा क्लव रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *